धनगढीकाे लगातार दाेस्राे हार, अत्तरीया ५ रनले विजयी

धनगढी, माघ २९
धनगढीमा जारी धनगढी प्रिमियर लिग अन्तर्गत सीवाईसी अत्तरियाले लमा धनगढी स्टार्सलाई ५ रनले पराजित गरेको छ ।स्पिनरहरुले कसिलो बलिङ गरेपछि अत्तरियाले जित हात पार्न सफल भएको हो ।

जितका लागि ९६ रनको लक्ष्य पछ्याएको धनगढीले २० ओभरमा ९ विकेटको क्षतिमा ९० रनमात्र जोड्न सक्यो । घरेलु टोलीका लागि राजु रिजालले नटआउट २६ रन बनाए पनि उनले टिमलाई जिताउन सकेनन्।

अन्तिम ओभरमा जितका लाति १८ रन चाहिएको अवस्थामा रिजालले १२ रन मात्र बनाउन सके।रिजालबाहेक रोहन मुस्ताफाले १८ सन्दीप राजालीले ११ तथा सोमपाल कामीले १० रन बनाउनुबाहेक अन्यले दोहोरो रनको स्कोर छुन सकेनन्।

Advertisement

घरेलु टोलीलाई सस्तैमा रोक्न अत्तरियाका लागि भुवन कार्कीले ४ विकेट लिए। चार ओभरमा १० रन मात्र खर्चिएका कार्कीले चार विकेटका हुन्।सन्नी पटेलले २ विकेट लिँदा दीपेन्द्र सिंह ऐरीले १ विकेट लिए।

यसअघि फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अत्तरीयाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ९५ रन बनाएको थियो।

Advertisement

उसका लागि सन्नी पटेलले सर्वाधिक ३५ रन बनाएका थिए। जयकिशन कोल्सावालाले २१ रन बनाए भने प्रेम तामाङले १२ रन बनाए। कप्तान दिपेन्द्र ऐरीले ११ रन जोड्दा बाँकी खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन्।

बलिङमा धनगढीका रोहन मुस्तफाले दुई तथा सोमपाल कामी, अमिर हायात र विपीन खत्रीले एक एक विकेट लिएका थिए।यसअघि पहिलो खेलमा काठमाडौं गोल्डेन्ससँग ४ विकेटले पराजित धनगढी लगातार दोस्रो खेलमा पराजित भएको हो। दोस्रो खेलमा अहिले रुपन्देही च्यालेन्जर्स र विराटनगर किंग्सबीच खेल भईरहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top