काठमाडौँ, फागुन २
अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइराला आज विवाह बन्धनमा बाँधिएका छन् । सात वर्ष लामो प्रेम सम्बन्धलाई उनीहरुले प्रेमजोडीहरुका लागि निकै महत्वपूर्ण दिन मानिने ‘भ्यालेन्टाइन डे’ का दिन विवाहमा परिणत गरेका हुन् ।
उनीहरुले राजधानीको पाँचतारे होटल ‘याडिसन’मा दुवैतर्फका परिवारको उपस्थितिमा हिन्दू परम्परा अनुसार विवाह गरेका हुन् । यो ‘सन्सा’ जोडीको दुईको विवाहको तस्बिर फेसबुकमा सार्वजनिक भएको छ ।
तश्बिरमा दुबैलाई खुसी मुद्रामा देख्न सकिन्छ । तश्बिरमा संजोग र वर्षा दुलहादुलहीको पहिरनमा निकै आकर्षक देखिएका छन् । शुक्रवार उनीहरुले रिसेप्सन पार्टी दिँदैछन् ।
७ वर्ष अगाडि वर्षा र संजोगको भेट फिल्म ‘सरी ल’ को अडिसनको क्रममा भएको थियो । पहिलो भेटबाटै उनीहरु एकअर्कासँग नजिक भए । उनीहरुले पहिलो पटक एकसाथ फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ मा सँगै काम गरेका छन् । तर, यो फिल्म प्रदर्शनमा आएको छैन । संजोग भने फिल्ममा भन्दा आफ्नो व्यवसायमा बढी व्यस्त छन् । उनको पछिल्लो फिल्म भने ‘कथा काठमाण्डू ’ हो ।