देशका कानुन निर्माता सांसदमा नै जातीय विभेद

देशका कानुन निर्माता सांसदमा नै जातीय विभेद

काठमाडौं : राष्ट्रियसभाको बिहीबारको बैठकमा देशका कानुन निर्माता सांसदले ने आफूहरुमाथि विभेद भएको गुनासो गरेका छन् । सांसद खिमकुमार बिकले प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदबीच असमान व्यवहार भइरहेको गुनासो पोखेका हुन् ।,यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

‘हाम्रो संविधानको धारा ८३ ले दुई सदनको व्यवस्था गरेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभा सञ्चालनमा पन छिन्,’ उनले शून्य समयमा भने, ‘तर प्रत्यक्ष निर्वाचित सांसद पहिलो र समानु्पातिक दोस्रो र हामी राष्ट्रियसभाको तेस्रो श्रेणीका भएका छौँ ।’

उनले स्थानीय पूर्वाधार साझेदार कार्यक्रम निर्देशिकाले सांसदबीच विभेद गरेको दाबी गरे । ‘यसले सांसदबीत नै विभेद गरेको छ, त्यो सच्याउन माग गर्छु,’ उनले भने ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.