×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सन्दिप लामिछानेको टिम पुग्यो फाइनलमा

३ फाल्गुन २०७५

एजेन्सी, फाल्गुन ३
नेपालका लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित मेलबर्न स्टार्स बिग व्यास लिग क्रिकेटको उपाधिनजिक पुगेको छ । आज स्थानीय बेलिराइभ ओभल स्टेडियममा भएको सेमिफाइनल खेलमा होबर्ट हुरिकेन्सलाई ६ विकेटले निराश पार्दै मेलबर्न फाइनल प्रवेश गरेको हो ।

जित निकाल्नेक्रममा मेलबर्नले १५४ रनको मध्यम स्कोर पछ्याएको थियो । जसमा उसले १८.५ ओभरमा मात्रै ४ विकेटको क्षतिमा जितको विन्दु भेट्टायो ।

Advertisement
Advertisement

मेलबर्नलाई जिताउन कप्तान ग्लेन म्याक्श्वेलले ४३ रनको योगदान दिँदा सेब गोट्चले ३३ रन जोडे । त्यसैगरी, पिटर ह्यान्डस्कोम्बले ३५ रन बनाउँदा मार्कुस स्टोइनिस र निक मेडिन्सनले समान १८–१८ रनको योगदान दिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रेको हुरिकेन्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५३ रन जोडेको थियो । उसका लागि बेन म्याकडर्मोटले ५३ रनको अर्धशतकीयक पारी खेल्दा जर्ज बेलीले ३७ रनको योगदान दिए ।

आजको खेलमा बलिङतर्फ भने ड्यानियल वोरल एक्लैले ४ विकेट झारे । यस खेलमा नेपालका सन्दीप भने विकेटविहीन बने । ४ ओभर बलिङ गरेका उनले ३१ रन दिए पनि विकेट पनि झार्न सकेनन् ।

Advertisement

मेलबर्नले अब प्रतियोगिताको उपाधिका लागि मेलबर्न रिनेगेडस र सिड्नी सिक्सर्ससँग भिडन्तबाट आउने विजेता टोलीसँग भिड्नेछ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top