×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

आज उपाधिका नेपाल र म्यानमार भिड्दै : कसले मार्ला बाजी

३ फाल्गुन २०७५

एजेन्सी, फाल्गुन ३
भारतमा जारी हिरो गोल्डकप फुटबलमा आज उपाधिका लागि नेपाल र म्यानमार भिड्दैछन् । भारतको भुवनेश्वरमा जारी प्रतियोगिताको फाइनल भिडन्त नेपाली समयअनुसार साँझ ६ः१५ बजेबाट सुरु हुनेछ ।

समूह चरणका तीनमध्ये दुई खेल जितेको नेपाललाई प्रतियोगिताको दाबेदार टिम मानिएको छ । नेपाल उपविजेता बनेर फाइनल प्रवेश गरेको हो ।

Advertisement
Advertisement

नेपालले खेलेका तीन खेलमा पहिलो खेल म्यानमारसँग ३–० ले हारेको थियो । त्यसपछि दोस्रो खेलमा उसले भारतलाई २–१ ले हराउँदा इरानलाई अन्तिम खेलमा ३–० ले हराएर फाइनल प्रवेश गरेको हो ।

समूह चरणमा आफूलाई ३–० को फराकिलो अन्तरले हराएको म्यानमारविरुद्ध आज फाइनल भिडन्तमा उत्रिँदा नेपाल दबाबमा हुनेछ । किनभने, जारी प्रतियोगितामा म्यानमार उत्कृष्ट लयमा छ ।

Advertisement

समूह विजेता बनेर फाइनल पुगेको म्यानमारले आफूले खेलेका तीनवटै खेल जितेको थियो । उसले पहिलो खेलमा नेपाललाई ३–० ले पन्छाउँदा दोस्रो खेलमा इरानलाई २–० ले हरायो भने तेस्रो खेलमा पनि भारतलाई २–० ले नै हराएको थियो ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top