विराटनगरमा महिला टी–२० क्रिकेट लिग हुने

विराटनगरमा महिला टी–२० क्रिकेट लिग हुने

काठमाडौँ, फागुन ३
विराटनगरमा दोस्रो महिला फ्रेन्चाइज लिग क्रिकेट हुने भएको छ ।नेपालमा महिला क्रिकेटमा निजी लगानी भित्र्याउँदै गर्न लागिएको सो प्रतियोगिता विराटनगरको बैजनाथपुर क्रिकेट मैदानमा चैत्र एक देखि नौ गतेसम्म आयोजना हुने शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गरी जानकारी दिईएको छ ।

क्विन्स इभेन्ट्स म्यानेजमेन्टले विहिबार महिला च्याम्पियन्स लिग गर्ने घोषणा गरेको अर्को दिन नै एनसीएल स्पोर्टस प्रालीले अर्को फ्रेन्चाइज लिग गर्ने घोषणा गरेको हो ।

एनसीएल महिला टी–२० क्रिकेट लिग नाम रहेको यो प्रतियोगितामा चार शहरका चार फ्रेन्चाइज टिमहरुको सहभागिता हुनेछ ।प्रतियोगितामा सहभागि टिमले अक्सनबाट खेलाडी छनोट गर्नेछन ।कम्पनीले निकट भविष्यमा उमेर समुह र पुरुष क्रिकेटमा पनि फ्रेन्चाइज लिग गर्ने जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.