×

NEPAL TIMES UPDATES

Playing
आमिर अख्तरको घोषणा ः राखेपको पहलपछि क्यानविरुद्धका मुद्दा फिर्ता || Nepal Times
May 19, 2026
Playing
World News:अमेरिकालाई क्युबाले दियो रक्तपातको चेता*वनी, ट्रम्पलाई इरानबाट शान्तिको आश|| Nepal Times
May 19, 2026
Playing
नाइजेरियन महिला प्रकरण संसद्मा,कारबाहीको माग, कृष्णले भने छानविन हुन्छ || Nepal Times
May 19, 2026
Playing
नेपालको ग्रीन इकोनोमी : ४ अर्बको कमाइ भइसक्यो अझै छ अवसर || Nepal Times
May 19, 2026
Playing
सुलभको हातमा हिरासतमा पनि आइप्याड, ललितपुर प्रहरीमाथि छानविन || Nepal Times
May 19, 2026
Playing
Top 15 Afternoon News || May-19-2026 || Nepal Times
May 19, 2026
Playing
डा.मनोजमाथि गम्भिर उजुरी,प्रधानन्यायाधीश बनाए देश गृहयुद्धमा जान्छ ! || Nepal Times
May 19, 2026
Playing
सुन्धाराको महिला बन्दीगृहभित्र मौलाएको प्रेम कथा|| Nepal Times
May 19, 2026
Playing
पुटिनलाई भव्य स्वागत गर्दै सी जिनपिङ || Nepal Times
May 19, 2026
Playing
संसदीय सुनुवाइमा एमाले–नेकपाको शंका, बारले लालटिन बाल्दै || Nepal Times
May 19, 2026

राजधानी माग गर्दै मोरङ मुस्लिम समाजद्धारा दबाब र्याली (फोटो फिचर सहित)

किशोर विश्वकर्मा
विराटनगर, पुस १८
विराटनगरलाई १ नं. प्रदेशको राजधानी बनाउन माग गर्दै मोरङ मुस्लिम समाजले आज दिउँसो दवाब र्याली निकालेको छ । मोरङ मुस्लिम समाजले समाजले विराटनगर राजनितिक, सामाजिक, ऐतिहासिक, धार्मीक तथा आर्थिक रुपले अब्बल भएकाले राजधानी बन्ने पहिलो हक विराटनगर भएकाले तत्काल राजधानी ताक्न दबाब दिने उदेश्यले र्याली निकनलेको हो ।

Advertisement
Advertisement

विराटनगर मेनरोड स्थित हनुमान मन्दिर अगाडीबाट निकालिएको र्यालीले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो । हनुमान मन्दिर अगाडीबाट निकालिएको र्याली ट्राफिक चोक।, महेन्द्र चौक, धरान रोड हुदै जलजला मोड, काली मन्दिर हुदै सुरु भएकै ठाउँमा पुगेर सम्पन्न भएको थियो ।

र्याली पछिको कोणसभामा बोल्दै मोरङ मुस्लिम समाजका अध्यक्ष मण्डलका सदस्य शाहब अहमद गुङ्डु र प्रवक्ता वसिम आलमले विराटनगर १ नं. प्रदेशकोको राजधानी नभए कडा आन्दोलन गर्ने चेतावनी दिए ।

र्यालीमा मोरङ मुस्लिम समाजका अध्यक्ष मण्डलका सदस्यहरु, मुस्लिम समुदायका अगुवा, नागरिक समाजका अगुवाहरु, विभिन्न दलका नेता कार्यकर्ता तथा विराटनगर महानगरबासीको सहभागिता रहेको थियो ।

मोरङ मुस्लिम समाजका प्रवक्ता वसिम आलमले १ नं. प्रदेशको राजधानी बन्ने पहिलो हक विराटनगर रहोकाले विराटनगरलाईनै राजधानी बनाउन दवाव सृजना गर्न आन्दोलनका थप कार्यक्रमहरु ल्याउन सकिने बताए ।

Advertisement
Advertisement

उनका अनुसार आफ्ना माग वेवास्ता गरिए प्रदर्शन गर्ने र अन्य दवाव मुलक आन्दोलन आवश्यक परेको खण्डमा थप कार्यक्रमहरु तय गरिने छ । यस अघि मोरङ मुस्लिम समाजले विराटनगरलाई १ नं. प्रदेशको राजधानी बनाइनुपर्ने माग गर्दै मोरङका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो । उसले गत पुस १८ गते विराटनगर बिप्लटमा २४ घण्टे रिले अनसन समेत बसेको थियो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top