विराटनगरको मेरिल्याण्ड कलेजले मनायो १६ औँ बार्षिकोत्सव

४ फागुन ७५, आइतबार

विराटनगर, फागुन ४
विराटनगरस्थित मेरिल्याण्ड कलेजले आफ्नो १६ औ बार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ ।विराटनगर – ७ मा रहेको सो कलेजले शनिबार कलेज प्राङ्गणमा विविध कार्यक्रमको आयोजना गरी वार्षिक उत्सव तथा पुरस्कार वितरण समारोह सम्पन्न गरेको हो । वार्षिक उत्सवमा आयोजित कार्यक्रममा विद्यार्थीहरुले विभिन्न मनोरन्जनात्मक प्रस्तुती दिएका थिए ।

Advertisement

कार्यक्रममा बोल्दै त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा.डा. डिल्लीराज शर्माले मेरिल्याण्डले शिक्षा क्षेत्रमा गरेको योगदानको खुलेर प्रशंसा गरेका थिए । त्यस्तै स्नातकोत्तर क्याम्पस विराटनगरका क्याम्पस प्रमुख महेश खत्रीले विराटनगर शिक्षा क्षेत्रको हब बन्दै गएको बताए । कार्यक्रममा कलेजका निर्देशकद्वय भेषराज पोखरेल, प्रा.डा. प्रमोदकुमार झा र कलेजका प्राचार्य लक्षमण ढकालले आफ्ना भनाई राखेका थिए ।

Advertisement

कार्यक्रममा शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत गर्नुका साथै केही उत्कृष्ट विद्यार्थीहरुलाई छात्रावृत्ति प्रदान गरिएको थियो ।त्यस्तै कक्षा ११ मा उत्कृष्ट नतीजा ल्याई कलेजको नाम उच्च राख्न सफल पुजाकुमारी साह र निशा पोखरेललाई विशेष सम्मान गरिएको थियो ।कार्यक्रम कलेजका अध्यक्ष गुणराज ढुंगेलको सभापतित्वमा सम्पन्न भएको थियो ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top