×

NEPAL TIMES UPDATES

Playing
आमिर अख्तरको घोषणा ः राखेपको पहलपछि क्यानविरुद्धका मुद्दा फिर्ता || Nepal Times
May 19, 2026
Playing
World News:अमेरिकालाई क्युबाले दियो रक्तपातको चेता*वनी, ट्रम्पलाई इरानबाट शान्तिको आश|| Nepal Times
May 19, 2026
Playing
नाइजेरियन महिला प्रकरण संसद्मा,कारबाहीको माग, कृष्णले भने छानविन हुन्छ || Nepal Times
May 19, 2026
Playing
नेपालको ग्रीन इकोनोमी : ४ अर्बको कमाइ भइसक्यो अझै छ अवसर || Nepal Times
May 19, 2026
Playing
सुलभको हातमा हिरासतमा पनि आइप्याड, ललितपुर प्रहरीमाथि छानविन || Nepal Times
May 19, 2026
Playing
Top 15 Afternoon News || May-19-2026 || Nepal Times
May 19, 2026
Playing
डा.मनोजमाथि गम्भिर उजुरी,प्रधानन्यायाधीश बनाए देश गृहयुद्धमा जान्छ ! || Nepal Times
May 19, 2026
Playing
सुन्धाराको महिला बन्दीगृहभित्र मौलाएको प्रेम कथा|| Nepal Times
May 19, 2026
Playing
पुटिनलाई भव्य स्वागत गर्दै सी जिनपिङ || Nepal Times
May 19, 2026
Playing
संसदीय सुनुवाइमा एमाले–नेकपाको शंका, बारले लालटिन बाल्दै || Nepal Times
May 19, 2026

चिया छाँटकाँट गर्न किसान व्यस्त

२१ पुष २०७४

इलाम, पुस २१
चिसो मौसम शुरु भएसँगै चियाको मुना पलाउन छाडेको छ । तर पनि इलामका किसानको व्यस्तता चियाबारीमा नै देखिन्छ । जिल्लाका चिया किसानको दैनिकी चियाबारीमा बित्ने गरेको छ । चैतदेखि निरन्तर हरियो चियापत्ती टिप्दै कारखानामा पुर्याउन खटेका कृषक यतिबेला काँटछाँटमा व्यस्त छन् । चिया टिपाइ सकिनासाथ काँटछाँटको काम शुरु हुन्छ ।

चियालाई विभिन्न चरणमा काँटछाँट गरिन्छ । यतिबेला कटिङको काममा कृषक व्यस्त छन् । चिया टिपाइ सकिएपछि हल्का ढंगले हरेक वर्ष काँटछाँट गर्ने गरिएको छ । यतिबेला चिया नकाटिए उत्पादनमा ठूलो असर पुग्ने अन्तुका चिया किसान केशव घिमिरे बताउँछन् ।

Advertisement
Advertisement

हरेक तीन वर्षमा चियालाई डिप कटिङ गर्नुपर्छ । जमिनको सतहदेखि १२ देखि १४ इञ्चसम्म यो कटाइ गर्नुपर्छ । चिया रोपेको १५ वर्षको हाराहारीमा जमिनको सतहबाट छ सेन्टिमिटरमा अर्काे कटाइ हुन्छ । तर यहाँका नयाँ बगानले यो कटिङ गर्नुपरेको छैन ।

ठूलो बगान भएका कृषकले ब्लग छुट्याएर यो क्रमलाई निरन्तरता दिने गरेका छन् । कटिङ गर्ने क्रममा अधिकांश कृषक व्यस्त छन् । चियामा काम गर्ने श्रमिकको संख्या घट्दै गएकाले अर्मपर्मले काम चलाउने गरेको कृषकको भनाइ छ ।

“चियामा काम गर्ने श्रमिक पाउनै मुस्किल छ”, किसान लक्ष्मण गौतमले भने, “खेती बिगार्नुभन्दा आफैँ अर्मपर्म गरेर काम चलाउने गरेका छौँ ।” ठूला चिया बगानमा पनि श्रमिक घटेका कारण काँटछाँटमा मेशिनको प्रयोग हुने गरेको छ । तर मेशिनको कटिङले उत्पादनमा असर भएको भन्दै अधिकांश कृषकले भने प्रयोग घटाएका छन् ।

Advertisement
Advertisement

जिल्लाभर विस्तार भएको चिया क्षेत्रमा यस्तै दैनिकी हरेक कृषकको छ । फैलिँदो चियाखेती र घट्दो कामदारका कारण खेतीवालाले नै सबै काम गर्नुपर्ने भएकाले कृषकको व्यस्तता बढेको हो ।
रासस

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top