डीपीएल : विराटनगर बाहिरिदा अत्तरिया र महेन्द्रनगर प्ले अफमा

धनगढी, फागुन ६
विराटनगरलाई हराउँदै सिवाईसी अत्तरिया धनगढीमा जारी धनगढी प्रिमियर लिग(डिपिएल)को प्ले अफमा पुगेको छ ।डिपिएल अन्तर्गत आज भएको खेलमा विराटनगर किंग्सलाई १० रनले हराउँदै अत्तरिया प्ले अफमा पुगेको हो ।

हारसँगै विराटनगर समुह चरणबाट बाहिँरीदा महेन्द्रनगर युनाइटेड नेट रन रेटका आधारमा प्ले अफमा प्रवेश गरेको छ । महेन्द्रनगर र विराटनगर दुबैको समान ४ अंक भएपनि नेट रनरेटका आधारमा महेन्द्रनगर प्ले अफमा स्थान बनाएको ।

१ सय ४९ रनको लक्ष्य पक्ष्याउने क्रममा विराटनगरले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३८ रन बनायो । विराटनगरका लागि आशिफ शेखले ३९ रन बनाउन बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । शेखले ३४ बलमा ३ चौका र २ छक्का प्रहार गरे । पृथु बाँस्कोटाले २६ बलमा ४ चौका प्रहार गर्दै २७ रन बटुले ।

Advertisement

विराटनगरले पहिलो ओभरको अन्तिम बलमा असद उल्लाह खानलाई १३ रनमा गुमाएको थियो । भुवन कार्कीले बोल्ड गर्नुअघि खानले ५ बलमा दुई छक्का प्रहार गरे । छैटौं ओभरको चौथो बलमा दिपेन्द्रसिंह ऐरीले अर्का ओपनर हरि शंकर शाहलाई ७ रनमा बोल्ड गर्दिए । लगतै एक बलपछि राजेश पुलामी मगर शून्यमा रन आउट हुन पुगे ।

चौथो विकेटका रुपमा आशिफ शेखलाई १२ ओभरको तेस्रो बलमा दिपेन्द्र राउतले एलपी डब्लू आउट गरेका थिए । कारण केसी १२,कुशल भुत्तेल ३ रनमा आउट हुँदा किशोर महतो ८ र साम्सद शेख ७ रनमा अविजित रहे । अत्तरियाका लागि भुवन कार्कीले ३ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । त्यस्तै दिपेन्द्र राउतले ४ ओभरमा २० रन खर्चेर ३ विकेट हात पार्दा दिपेन्द्रसिंह ऐरीले एक विकेट हात पारे ।

Advertisement

त्यस अघि टस जितेर पहिला ब्याटिङ थालेको अत्तरियाले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ४८ रन बनाएको थियो । दुबै भारतीय खेलाडीले उत्कृष्ट अर्धशतक प्रहारगरेपछि अत्तरियाले जारी डिपिएलमा प्रतियोगिताकै सर्वाधिक लक्ष्य प्रस्तुत गर्न सकेको हो ।सन्नि पटेलले ३१ बलमा ४ छक्का र ५ चौका प्रहार गर्दै ६१ रनमा अविजित रहे । त्यस्तै अर्का भारतीय खेलाडी जय किशन कोल्सावालाले ५० बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ५१ रनमा अविजित रहे ।

ओपनर जितेन्द्रसिंह ठकुरी र कोल्सावालाले ९.३ ओभरमा ५३ रनको साझेदारी गर्दै अत्तरियालाई राम्रो सुरुवात दिलाएका थिए । जारी डिपिएलमा ओपनरहरुले गरेको यो उच्च साझेदारी हो । यी दुईीचको साझेदारी शुसन भारीले ठकुरीलाई असद उल्लाह खानबाट उत्कृष्ट क्याच गराउँदै तोडेका थिए । ठकुरीले २७ बलमा १ चौका सहित १३ रन जोडे । ११ ओभरको दोस्रो बलमा सन्दीप जोरालाई ३ रनमा क्याच गराए ।

सांसद सेख ले जोरालाई करणबाट क्याच गराएका थिए । त्यस्तै १३ ओभरको पाँचौ बलमा दिपेन्द्रसिह ऐरी १० रनमा रन आउट हुन पुगे । विराटनगरका लागि शुसन भारी र साम्सद शेखले समान एक एक विकेट लिन बाहेक अन्य कुनैपनि बलरले विकेट लिन सकेनन् ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top