संसद् सचिवालयको ‘लुट’, सद्दे गाडी थन्क्याएर नयाँ किन्ने छुट

संसद् सचिवालयको ‘लुट’, सद्दे गाडी थन्क्याएर नयाँ किन्ने छुट

काठमाडौं : संघीय संसद् सचिवालयले थोत्रा भन्दै थन्क्याएका १२ वटा गाडी सद्दे भन्दै प्रधानमन्त्री कार्यालयले लगेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले संसद् सचिवालयले थन्क्याएर राखेका तीनटा स्कार्पियो, ६वटा कार, दुइटा टाटा सुमो र एउटा बस दुई साताअघि लगेको हो ।

प्रधानमन्त्री कार्यालयले लगेका ती गाडी परीक्षण गर्दा बिग्रिएका नभई सद्दे अवस्थामै पाइएका छन् । स्रोतका अनुसार संसद् सचिवालयले सद्दे गाडीलाई बिगिैएको भन्दै नयाँ किन्न थन्क्याएर राखेको हो । नयाँ किन्दा कमिसन पाइन्छ । कमिसनको मोहमा संसद् सचिवालयका अधिकारीले सद्दे गाडीलाई थन्क्याएर राखेका हुन् ।

प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो, ‘संसद् सचिवालयले लामो समयसम्म थन्क्याएर राखेका गाडी परीक्षण गर्दा सद्दे नै पाइएपछि प्रधानमन्त्री कार्यालयले लगेको हो ।

प्रयोग नगरी थन्क्याएकाले ती गाडी मर्मत भने गर्नुपर्ने अवस्था रहेको स्रोतले बतायो । ‘सामान्य मर्मतपछि हामी ती गाडीलाई प्रदेश तथा स्थानीय तहमा पठाउने छौं, हामी एउटा पनि सद्दे गाडी थन्क्याउन नदिने अभियानमा छौं,’ प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो ।,यो समाचार आजको नागरिक दैनिकमा ईश्वरी सुवेदीले लेखेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.