काठमाडौँ, फागुन ८
चलचित्र ‘कागजपत्र’को ट्रेलर सार्वजनिक भएको छ । बुधवार राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
चैत ८ गतेबाट प्रदर्शनमा आउनलागेको सो चलचित्रलाई अपिल विष्टले निर्देशन गरेका हुन् । ‘कागजपत्र’को ट्रेलरमा पछिल्लो समय बढ्दै गइरहेको अस्ट्रेलिया मोहको कथालाई प्रस्तुत गरिएको छ ।
ट्रेलरमा अस्ट्रेलिया जानको लागी गरिएको नक्कली बिहे देखि उमेरको अन्तर लगायतको कुरालाई देखाइएको छ । चलचित्रमा अभिनेता नाजिर हुसेन एक जग्गा दलालीको भूमिकामा देखिएका छन् भने नायिका शिल्पा मास्के र कलाकार भोला सापकोटा विदेश जानको लागी नक्कली विवाह गरेको देखाइको छ । चलचित्रमा नाजिर, शिल्पा र भोलाको साथमा सरिता गिरी, लक्ष्मी बर्देवा, जीवन भट्टराई लगायतका कलाकारको अभिनय रहेको छ ।
खिलेन्द्र तिमिल्सिना, मुकेश रेग्मी र प्रजापति सिवाकोटीको लगानी रहेको सो चलचित्रको कार्यकारी निर्माता नीरज सिंह विष्ट हुन् । यसका कार्यकारी निर्माता नीरज सिंह विष्ट हुन् । चलचित्रमा निमेष श्रेष्ठको सम्पादन, कास्मिर डिक्सनको छायाङ्कन, वसन्त सापकोटा, सङ्गीत सापकोटा, हर्कुलस बस्नेतको सङ्गीत छ ।









