एजेन्सी, फाल्गुन ९
गएराती भएको च्याम्पियन्स लिगको खेलमा घरेलु मैदानमा उत्रिएको एथ्लेटिको मड्रिड र युभेन्टसबीच भएको खेलमा एथ्लिट्को मड्रिडका समर्थकले क्रिस्टियानो रोनाल्डोको बिरुद्द जथाभाबी नारावाजी लगाएका थिए । खेल अवधि भर घरेलु समर्थकले रोनाल्डोलाइ बलात्कारी भन्दै ठुलो स्वरमा नारावाजी लगाएका थिए । जवाफमा रोनाल्डोली समर्थक तर्फ फर्किएर ५ ओटा औलाँ देखाएका थिए जसको मतलब उनले घरेलु दर्शक एथ्लेटिको मड्रिडलाइ इंगित गर्दै आफुले एक्लै ५ ओटा च्याम्पियन्स लिग जितेको र तिमीहरुको क्लबले एउटा नि जित्न नसकेको भनेर जवाब फर्काए ।
गएराती भएको उक्त खेलमा एथ्लेटिको मड्रिड २-०ले विजय भएको थियो । जसमा दुवै गोल मड्रिडका डिफेन्डर गिमिनेज र गोडिनले गरेका थिए । गएराती नै भएको अर्को खेलमा म्यानचेस्टर सिटिले निकै मुस्किलले साल्के बिरुद्द जित दर्ता गरेको थियो । साल्केको घरेलु मैदानमा भएको उक्त खेलमा सिटि २-३ले विजय भएको थियो । सिटिको जितमा अगुरो, स्टर्लिङ्ग र सानेले गोल गरेका थिए भनी साल्केको लागि बेन्तलबले २ गोल गरेपनि जित दिलाउन भनी सकेनन ।