नेपालद्वारा युएई सात विकेटले पराजित

१० फागुन ७५, शुक्रबार
Share this
720shares

काठमाडौँ, फागुन १०

Advertisement

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप क्रिकेटको एसिया छनोटअन्तर्गत तेस्रो खेलमा नेपालले संयुक्त अरब ईमिरेट्स (युएई)लाई सात विकेटले पराजित गरेको छ ।

थाइल्याण्डको ट्रेडथाई क्रिकेट मैदानमा भएको आजको खेलमा युएइले जितका लागि दिएको ४२ रनको सामान्य लक्ष्य नेपालले १० दशमलव २ ओभरमा मात्र तीन विकेट गुमाएर पुरा ग¥यो । नेपालका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक १८ रन बनाइन् । त्यस्तै काजल श्रेष्ठले १५ तथा सरिता रानामगरले छ रन बनाइन् । यसअघि युएईले टस जितेर पहिले ब्याटिङ गर्दै १७.३ ओभरमा सबै विकेट गुमाउँदै जम्मा ४१ रन मात्र बनाएको थियो ।

Advertisement

यूएइका लागि चामानी रोसहिनीले १३ रन जोड्नुबाहेक अन्य ब्याट्स म्यानले दोहोरो अङ्कको रन जोडन् सकेनन् । युएइलाई सस्तैमा समेट्न नेपालकी नेरी थापाले चार विकेट लिईन् । यस्तै सीता रानामगर, सोनु खड्का र कृष्णा कुँवरले समान दुई÷दुई विकेट लिए ।

जितसँगै नेपालले तीन खेलबाट एकमा हार र दुईमा जीत निकाल्दै चार अङ्क बनाएको छ । युएइको पनि समान चार अङ्क नै छ । छनोट प्रतियोगिताका शुरुआती तीन खेल जितेर युएई बलियो अवस्थामा छ । उसले तीन खेलबाट छ अङ्क जोड्दै तालिकाको शीर्ष स्थानमा छ ।

Advertisement

नेपालले अर्को खेल फागुन १२ गते हङकङ, १३ गते चीन र १५ गते कुवेतसँग खेल्नेछ । राउण्ड रोबिनका आधारमा हुने छनोटको विजेताले आइसिसी महिला टी–२० विश्वकप छनोट २०१९ प्रतियोगितामा खेल्नेछ ।एशिया छनोटमा नेपालसहित सात राष्ट्रले प्रतिस्पर्धारत छन् । छनोटमा नेपाल, थाइल्याण्ड, युएई, मलेशिया, कुवेत, चीन र हङकङ सहभागी छन् ।रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top