अन्तर विद्यालय चित्रकला प्रतियोगिताको उपाधि सुम्निमा र सिद्धार्थलाई

१० फागुन ७५, शनिबार

विराटनगर, फागुन ११
एसबीएससी मोरङ जिल्लास्तरीय अन्तर विद्यालय चित्रकला प्रतियोगिताको उपाधि विराटनगरमा रहेको सुम्निमा बोर्डिङ स्कूल र सुन्दर हरैचाकोे सिद्धार्थ बोर्डिङ स्कूलले जितेको छ । जिल्लाका ३३ स्कूलहरूलाई पछि पार्दै जुनियर स्कूलतर्फ सुम्निमा र सिनियरतर्फ सिद्धार्थ स्कूल प्रथम भएका हुन् । सुम्निमा स्कुलको सुमन चौधरी र सिद्धार्थको रोसन लिम्बुले बनाएको चित्र प्रथम भएको हो ।

संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लिमिटेड मोरङले विराटनगरमा शनिबार आयोजना गरेको चित्रकला प्रतियोगिताको जुनियरतर्फको द्धितीय ग्रेडेड स्कूलकी रोजीशा शिवभक्तीले बनाएको चित्र भयो भने तृतीय सुम्निमा स्कूलका मायुखा जोसीले बनाएको र सान्तवना मदरल्याण्ड एकाडेमी स्कूलकी प्रिति मेहताले बनाएको चित्र भयो ।

त्यस्तै सिनियरतर्फको द्धितीय विराटनगरस्थित एभरेष्ट स्कूलका राहुल चौधरीले बनाएको भयो । तृतीय ग्रेडेड स्कूलका अनुराग पौद्धारले बनाएको भयो भने सान्तवना सुन्दरहैँरचामा रहेको सुबिजीमुरका प्रज्जवल शर्माले बनाएको चित्र घोषित भयो । प्रतियोगिताको प्रथम, द्धितीय, तृतीय र शान्तवना हुने विद्यालयहरुका विद्यार्थीहरूले ३ हजार, २ हजार १ हजार र ५ सय रुपैयाँको साथै आकर्षक ट्रफि प्राप्त गरेका थिए । प्रतियोगिताको निर्णायकहरूमा ललित कला केन्द्रका सल्लाहकार नरकुमार श्रेष्ठ र निवास पोखरेल रहेका थिए । प्रतियोगितामा ३५ विद्यालयका ९७ जना विद्यार्थीहरूले सहभागिता जनाएको थिए ।

Advertisement

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top