सानेपामा नेविसंघका दुई समूहबीच ढुंगा हानाहान

सानेपामा नेविसंघका दुई समूहबीच ढुंगा हानाहान

काठमाडौं, फागुन १२
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा दुई समूहबीच झडप भएको छ । कांग्रेसको भातृ संगठन नेविसंघका उमेर हदको पक्षमा रहेका नेता कार्याकर्ता तथा यसको विपक्षमा रहेका नेताहरुबीच झडप भएको हो ।

आइतबार निवर्तमान महामन्त्री कुन्दनराज काफ्ले निकटका विद्यार्थी नेताले उमेर हदको पक्षमा प्रदर्शन गरेका थिए भने संस्थापन पक्षका विद्यार्थी नेताले उमेर हदको विपक्षमा प्रदर्शन गरेका थिए ।

प्रदर्शन गरिरहँदा नाराबाजीका क्रममा क्रममा दुवै पक्षबिच ढुङ्गा हानाहनसमेत भएको छ। प्रहरीले झडप नियन्त्रण गर्न लाठी चार्ज समेत गरेको थियो । अहिले पार्टी कार्यालयभित्र विद्यार्थी नेताहरुलाई प्रवेश निषेध गरिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.