×

NEPAL TIMES UPDATES

Playing
एमालेमा भाडभैलो,ओलीले राजीनामा दिनैपर्ने पक्षमा ८० प्रतिशत पदाधिकारी || Nepal Times
May 24, 2026
Playing
‘ह्वाइट हाउस’ बाहिर ३० राउन्ड गो*ली चल्यो,एक जनाको मृ*त्यु || Nepal Times
May 24, 2026
Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026

प्रदेश सभामा उठ्यो बाँदरको समस्या

१२ फाल्गुन २०७५

विराटनगर, फागुन १२
भारतबाट आएको विशेषज्ञ टोलीले खोटाङका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको बाँदर व्यवस्थापनमा समस्या भएको एक नम्बर प्रदेशका सांसदहरुले बताएका छन् । जिल्लाका विभिन्न गाउँमा बाँदरले आतंक मच्चाएपछि किसानहरुको सुरक्षाका लागि स्थानीय तहको प्रयासमा बाँदर नियन्त्रण अभियान चलाएको छ ।

टोलीले हालसम्म ६३ बाँदर नियन्त्रणमा लिइसकेको छ । जालमा परेका बाँदरलाई फलामे पिंजडामा थुनेर राखिएको छ । तर ठूलो संख्यामा समातिने बाँदरलाई कता लैजाने भन्ने अर्को समस्या सृजना भएको हो । नियन्त्रणमा लिइएका बाँदरलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा सरकारले उपाय खोज्नुपर्ने भन्दै आज प्रदेशसभा बैठकको शून्य समयमा खोटाङका साँसद रामकुमार राईले सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

Advertisement
Advertisement

बाँदरको आतंकका कारण खोटाङबाट कयौं मानिसहरु बसाइँ सरेर हिंडिसकेकाले बसाई सराइलाई रोक्न स्थानीय सरकारले प्रयास थालेको भए पनि अहिले विशेषज्ञ टोलीको सहयोगमा समातिएका बाँदर कता लैजाने र के गर्ने भन्ने नयाँ समस्या देखिएको प्रदेश सरकारले तत्काल ध्यान दिन आग्रह गरे ।

Advertisement
Advertisement

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बाँदर नियन्त्रणकालागि १० लाख रुपैयाँ बजेट नै विनियोजन गरेर अभियान चलाएको छ । यो वर्षको जेठ महिनासम्म २ सय ५० ओटा बाँदर नियन्त्रण गर्ने योजनासहित भारतको उत्तरप्रदेशबाट दुईजना प्रशिक्षित शिकारी झिकाएर काममा लगाएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top