भरतपुर महानगरपालिकाकी मेयर र उप–मेयरबीच विवाद

चितवन, फागुन १४
भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल र उपमेयर पार्वती शाहबीच विवाद बढेको छ । भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाह ठकुरीले महानगरकी मेयरले कार्यपालिका बैठक सञ्चालनमा आफूसँग समन्वय नगरेको आरोप लगाएकी छिन् ।

ठकुरीले मंगलबार पत्रकार सम्मेलन गर्दै कार्यपालिका बैठकमा ल्याइने एजेण्डा आफूलाई कुनै जानकारी नदिई एकलौटी तरिकाले ल्याउने गरेको आरोप लगाएकी हुन् । ‘एजेण्डामा कुनै विमति राख्दा ‘महानगर प्रमुखले चलाउने हो तपाईंले होइन’ जस्ता शब्द प्रयोग गर्ने गरिएको छ । मलाई धम्की आउँदा समेत उहाँले बेवास्ता गर्नुभयो । अहिले त रेणुलाई जिताएर गल्ती गरियो जस्तो महशुस भएको छ’, उनले भनिन् ।

उनलाई फेसबुक म्यासेन्जरमा धम्की दिने १९ वर्षीय शिवहरी सुवेदीलाई पक्राउ गरी सर्वदलीय बैठकले जिल्ला प्रहरी कार्यालयमा तारेखमा छाड्ने निर्णय गरेको थियो । ती युवकले माफी समेत मागिसकेका छन् ।

Advertisement

यस्तै उनले महानगरमा लेखा समिति गठन नगरी अनियमितता बढेको, जिन्सी समिति गठन नगरिएको, महत्वपूर्ण समिति एकलौटी ढङ्गले गठन गरेको, आस्था र विचारका आधारमा कर्मचारीलाई दुःख दिने काम गरिएको लगायतका आरोप लगाइन् ।

‘महानगरलाई राजनैतिक थलो र केन्द्र बनाउन खोजिएको छ । मुस्कानसहितको सेवा हुनुपर्नेमा त्यो पनि भएको छैन’, उनले भनिन् । स्थानीय सरकार सञ्चालन ऐनमा प्राप्त उपप्रमुखको अधिकारलाई प्रयोग गर्न प्राविधिक तथा कर्मचारी महानगरले पर्याप्त नदिएको उपप्रमुख ठकुरीको गुनासो छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

सम्बन्धित समाचार

Scroll to Top