कोपा-डेल-रे : आज सेमी-फाइनलमा रियल मड्रिड र बार्सिलोना भिड्दै : कसले मर्ला बाजी

१५ फागुन ७५, बुधबार

एजेन्सी, फाल्गुन १४
स्पेनको नकआउट क्लब फुटबल प्रतियोगिता कोपा डेल रेमा आज सेमिफाइनलअन्तर्गत दोस्रो लेगको निर्णायक खेल हुँदैछ । जहाँ स्पेनका दुई कट्टर प्रतिस्पर्धी क्लब रियल मड्रिड र बार्सिलोनाको रोमाञ्चक भिडन्त हुँदैछ ।

Advertisement

यी दुई टोलीबीचको खेललाई मैदानको प्रतिस्पर्धा मात्रै नभएर अस्तित्वका लागि लडाइँका हिसाबले पनि लिइने भएकाले यो खेलको चर्चा र महत्त्व बढी रहने गर्छ । त्यसमा पनि यसपटक कोपामा अन्तिम चारमै यी दुईको भेट भएको हुँदा फाइनल पुग्न एकले अर्कोलाई पन्छाउनुपर्ने भएकाले भिडन्त झन् रोमाञ्चक हुने भइहाल्यो ।

यी दुई टोली यो सिजन दुईपटक यसअघि नै भिडिसकेका छन् । जहाँ ला लिगाको सिजनको पहिलो भेटमा बार्सिलोनाले आफ्नो घरमा ५–१ ले बाजी मारेको थियो भने कोपाअन्तर्गत भएको पहिलो लेगको खेल भने १–१ को बराबरीमा टुंगिएको थियो ।

Advertisement

आजको खेल जित्ने टिमले कोपाको फाइनलमा बेटीस र भ्यालेन्सिया बीचको बिजेतासंग हुनेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top