×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

पक्राउ पर्दा पर्दै डा. केसीले भने – जेलमै अनशन बस्छु

२५ पुष २०७४
म न्यायपालिका र सर्वोच्च अदालतलाई कदर गर्छु र त्यहाँ सही तरिकाले न्याय सम्पादन गर्ने न्यायाधीशहरूको कदर गर्छु । स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्रलाई डामाडोल बनाउन कसैले प्रयास गर्छ भने त्यसका विरुद्घ लड्नु नागरिक र चिकित्सकका हैसियतले मेरो कर्तव्य बन्छ । म त्यही कर्तव्य निभाइरहेको छु । पक्राउ पर्नुभन्दा केही मिनेटअघि डा. केसीसँगकान्तिपुर दैनिकका अतुल मिश्रले गरेको कुराकानीको केहि अंश । किन १४ औं अनशन सुरु गर्नुभयो ? स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्रको सुधार र मुलुकमा सुशासनका लागि यत्रो समयदेखि लडिरहेका छौं तर हाम्रो अभियानलाई बिथोल्ने गरी सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीले हिजो आफ्नै बेन्चमा तत्कालीन मन्त्रिपरिषदका अध्यक्ष तथा प्रधानन्यायाधीश खिलराज रेग्मीले बर्खास्त गरेका व्यक्तिलाई ४ वर्षे कार्यकालको ४ दिन बाँकी रहँदा उहाँकै पक्षमा निर्णय गरिदिनुभयो। हाम्रो पहिलो आन्दोलनदेखि नै चिकित्साशास्त्र अध्ययन संस्थामा सुधार आइरहेको थियो तर अब त्यही सुधारलाई प्रतिकूल प्रभाव पार्ने व्यक्तिलाई पठाउनुको मतलब के छरु सुधारकार्य बिथोल्नु भनेको ३ करोड नेपालीको स्वास्थ्यमा खेलबाड गर्ने र विद्यार्थीको पढ्न पाउने अधिकारमाथिको खेलबाड हो। पाईंलाई पक्राउ गरेर सर्वोच्च अदालत उपस्थित गराइँदै छ नि रु मैले भर्खरै सुनेको हो। एक जनाले भन्नुभयो, मेराविरुद्घ मानहानिको मुद्दा लाग्यो। त्यसको एकछिनपछि अर्कोले भन्नुभयो मलाई पक्राउ पुर्जी जारी गरेको छ रे। खास कुरा के भने म अनशन बस्दा मेरो मृत्यु पनि हुन सक्छ। ज्यान हत्केलामा राखेरै म अनशन बस्दा मलाई कसैले जेलमा लान्छ भने म झनै गौरव गर्छु। पक्रेर प्रहरीले जेलमा राख्ला। त्यहाँ पनि मेरो अनशन जारी रहन्छ। म कहिल्यै डराउनेछैन। त्यसो भए अब के हुन्छ ? चिकित्साशास्त्र अध्ययन संस्थान एउटा पवित्र स्थल हो। जसलाई पठाएको हो, उहाँलाई म डिन मान्दिनँ। जसका विरुद्घ लडेर र जोबाट यो स्थललाई मुक्त राख्ने प्रयास गर्‍यौं, फेरि उसैलाई पठाइयो। अदालतको निर्णय तुरुन्त बदर हुनुपर्छ। वरिष्ठता र योग्यताका आधारमा बनाइएको व्यक्ति नै डिन हुनुपर्छ। सरकारले पहिला गरेका सम्झौता अझै कार्यान्वयन भएका छैनन्। त्यो हुनुपर्‍यो। अस्पतालमा भएका बेथिति विसंगतिविरुद्घ हामी विगत र अहिले पनि लडिरहेका छौं। ती विसंगति अन्त्य हुनैपर्छ।कान्तिपुरबाट
Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top