रंगशालामा बार्सिलोनाका दर्शकको आवाजमा किन गुञ्जियो रोनाल्डोको नाम

१५ फागुन ७५, बिहीबार

एजेन्सी, फागुन १६
स्पेनिस कोपा डेल रे फुटबलमा सेमिफाइनलअन्तर्गत गत राति भएको खेलमा बार्सिलोनाले रियल मड्रिडलाई उसकै घरमा ०–३ ले हरायो । पहिलो लेग १–१ मा टुंगिएको अवस्थमा दोस्रो लेगमा सहज जित निकाल्दै बार्सिलोना समग्रमा ४–१ को जितसहित छैटौंपटक कोपाको फाइनल पुग्यो ।

रियल मड्रिडको घर सान्टियागो बेर्नाबेउमा भएको सो खेल दौरान एक रोचक दृश्य देखिएको थियो । मैदानको एक साइडमा बार्सिलोनाका पाहुना दर्शक करिब २ सयको संख्यामा बसेका थिए । पहिलो हाफमा उनीहरू मौन थिए ।

तर, जब दोस्रो हाफमा बार्सिलोनाले खेलमा ०–२ को अग्रता लियो, उनीहरूले रियलको ‘मजाक उडाउन’ थाले । उनीहरू त्यत्तिमै अडिएनन् । जब खेलको ७३औं मिनेटमा लुइस स्वारेजले पेनाल्टीबाट बार्सिलोनाका लागि तेस्रो गोल गरे, रियलको घरेलु मैदानमा पुगेका बार्सलोनाका पाहुना दर्शकले फरक व्यवहार देखाए ।

Advertisement

रियल खेलमा हार्ने पक्का भएपछि उनीहरूले रियलको मजाक उडाउने उद्देश्यले रियलका पूर्वखेलाडी क्रिस्टियानो रोनाल्डोको नाममा गीत गाउन थाले । उनीहरूले रियलले आफ्नै घरमा बार्सिलोनाविरुद्ध गोल गर्ने नसकेकोमा व्यंग्य गर्दै रोनाल्डोको नाममा गीत गाएका थिए ।

बार्सिलोनाका पाहुना समर्थकले त्यस दौरान हु नीड्स रोनाल्डो यानिकी ‘सिआर सेभेन कहाँ छन् ?’, ‘रोनाल्डो कसलाई चाहिन्छ ?’ भन्दै एक स्वारमा गीत गाएका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top