सभापति देउवा पदाधिकारीको समयावधि बढाउने तयारीमा ः नेता केसी

सभापति देउवा पदाधिकारीको समयावधि बढाउने तयारीमा ः नेता केसी

विराटनगर, फागुन १९
कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री अजुर्ननर सिंह केसीले नेपाली कांग्रेसको १४ आं महाधिवेशन तोकिएकै समयमा हुनुपर्ने नत्र कांग्रेस र लोकतन्त्र नै कमजोर हुने जिकिर गरेका छन् ।

विराटनगरमा नेपाल प्रेस युनियन मोरङले आइतबार आयोजना गरेको पत्रकार भेटघाटमा समयावधि थप्न नहुने र महासमितिले दिएको म्यान्डेडलाई महाधिवेशनले मात्र परिवर्तन गर्न सक्ने प्रावधान भएपनि जथाभावी गरिएको बताए ।

सभापति देउवा भने पदाधिकारीको समयावधि बढाउने तयारीमा छन् । तर उनको तयारीको विरोध हुन थालेको छ । नेता केसीले भने,‘‘त्यही भएर वहुमतका आधारमा तोडमोड गरी गरिएको विधान पारित मान्य छैन् ।’’

उनले तलैबाट निर्वाचित भएर आउनु पर्ने लोकतान्त्रिक पार्टीको गुण नै भएकोले यस्तो प्रावधानलाई परिवर्तन गर्न नहुने बताए । सरकार भ्रष्टाचारलाई बढावा दिने निकाय जस्तो भएको आरोप लगाउँदै बुढीगण्डकी, वाइडबडी खरिद, फोर जी इजाजत जस्ता विषयले नेपालकै बद्नामी भएको बताए ।

एक अर्को प्रसंगमा पार्टीको सभापतिको उम्मेदवार बन्न उछिन पाछिन् गरेर अघि बढ्नुभन्दा सबैको सरसल्लाहमै तयारी गर्नुपर्ने बताए । भने,‘‘म पनि सभापतिको आकांक्षी हो तर सबैको सरसल्लाह र सहमतिमा मात्र निर्णय गर्छु ।’’ केसीले नेपाल एयरलाइन्सको वाइड बडी बिमान खरिद प्रकरणमा भएको भ्रष्टाचारमा विपक्षीको संलग्नता भए को हो त्यसलाई सार्वजनिक गर्न चुनौती दिएका छन् ।

नेता केसीले भने,‘‘यो प्रकरणमा विपक्षी दलका कोही नेता संलग्न भए सरकारले तिनको नाम सार्वजनिक गरोस ।’’ केसीले वाइडबडी प्रकरणमा सरकारले दोहोरो चरित्र देखाएको र सरकारी छानबिन समिति बनाएर झन् उसको अभिष्ट उदांगो पारेको आरोप लगाए ।

वाइड बडी खरिदमा भएको अनियमिमतामा संलग्न जो भएपनि कार्वाहीको दायरामा ल्याइनु पर्ने केसीको भनाइ छ । ‘‘अर्बौ रुपैयाँ घोटाला भएको यो काण्डमा को को संलग्न छन् भनेर अनुहार हेर्ने जनतलाई इच्छा छ ,’’ नेता केसीले भने,‘‘तर सरकार भने यो विषयलाई मोड्ने प्रयासमा छ ।’’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.