मेस्सी भन्छन : यो सिजन हामी यी उपाधिहरु जित्नेछौ

१९ फागुन ७५, सोमबार

एजेन्सी, फाल्गुन २०
मेस्सीले रियललाई हराएपछि आफूहरूको मनोबल बढेको पनि बताए । स्पेनिस बार्सिलोनाका कप्तान लिओनल मेस्सीले बार्सिलोनाले यो सिजन तीनवटै ठूला उपाधि जित्न सक्ने बताएका छन् । अघिल्लो दिन ला लिगाअन्तर्गत भएको सिजनको दोस्रो इएल क्लासिकोमा रियल मड्रिडलाई उसकै घरेलु मैदानमा हराएपछि मिडियालाई प्रतिक्रिया दिँदै मेस्सीले यस्तो दाबी गरेका हुन् ।

गत राति भएको खेलमा बार्सिलोनाले रियललाई उसकै घरमा ०–१ ले निराश बनायो । सो खेलपछि बार्सिलोनाले रियलसँग लिगमा समान खेलपछि १२ अंकको स्पष्ट अग्रता बनाएको छ । खेलपछि मिडियासँग बोल्दै मेस्सीले रियललाई हराएपछि उपाधि होडमा आफूहरूलाई एक चुनौती घटेको बताए । ‘हामी यो खेल जितेर उपाधि होडमा चुनौती कम गर्न चाहन्थ्यौं,’ मेस्सीले भने, ‘हामीले खेल जित्यौं । तर, ३ अंक जोड्यौं ।’

‘रियल मड्रिडजस्तो बलियो टिमलाई ब्याक टु ब्याक हराउनु सामान्य कुरा होइन । यो जितले हामी थप बलियो भएका छौं,’ मेस्सीले थपे ।

मेस्सीले यो सिजन आफूहरू तीनवटै ठूला उपाधि जित्ने अभियानमा रहेको र रियलमाथिको लगातारको जितले थप ऊर्जा मिलेको बताए । ‘यो खेलको जितले थुप्रै कुरामा अर्थ राख्छ,’ मेस्सीले भने, ‘यो जितले ठूला उपाधि जित्ने हाम्रो योजनामा बल पुगेको छ ।’

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top