×

NEPAL TIMES UPDATES

Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026
Playing
सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुँदा रविलाई कस्तो राहत ? || Nepal Times
May 23, 2026
Playing
कान्स फिल्म फेस्टिभलमा नेपालले रच्यो इतिहास|| Nepal Times
May 23, 2026

संघीय संसदको एक वर्षः संविधान र मौलिक हक कार्यान्वयन गर्ने कानुन निर्माण

२१ फाल्गुन २०७५

काठमाडौँ : संघीय संसदले एक वर्षमा संविधान कार्यान्वयनसँग जोडिएका अधिकांश कानुन निर्माण गरेको छ।यो अवधिमा मौलिक हक कार्यान्वयन गर्ने १७ वटा र संविधानसँग बाझिएका १ सय ६१ वटा कानुन संशोधन भएका छन्।

यसबाहेक संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारसम्बन्धी कानुन बनाउने प्रक्रियासमेत सुरु भइसकेको छ।सरकारले अघि सारेका अधिकांश विधेयक संघीय संसदका दुवै सदनले पार लगाएका छन् । संसदभित्रबाट उठेका जनजीविकाका सवाललाई भने सरकारले उचित सम्बोधन नगरेको सांसदहरूको आरोप छ।

Advertisement
Advertisement

‘संविधानले मागेअनुसारको कानुन बनाउन सदनले सहयोगी भूमिका खेल्यो,’ कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले भने, ‘सदनमा सांसदले उठाएका राष्ट्रिय मुद्दामा भने सरकार गम्भीर हुन सकेन । सदनलाई विश्वासमा लिन नसक्नु सरकारको कमजोरी भयो।’

कानुनमन्त्री भानुभक्त ढकालले सांसदले उठाएका केही विषय सुनुवाइ हुन नसकेको बताए। ‘तत्काल परिणाम प्राप्त होस् भनेर ध्यानाकर्षण गराउनुभएको छ,’ उनले भने, ‘परिणाम छिटो होस् भन्ने उद्देश्यले आलोचना भएको हो । यसलाई सकारात्मक रूपमा लिएका छौं।’

Advertisement
Advertisement

यस अवधिमा संसदीय अभ्यासमा संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्न मिल्ने व्यवस्थाको सुरुवात भएको छ । प्रधानमन्त्रीसँग प्रश्नोत्तरले जनताप्रति उत्तरदायी बनाएको सरकारको दाबी छ।, यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top