कैलालीमा वर्षौंदेखि सीमाका नेपालीमाथि भारतीय ज्यादती, जनप्रतिनिधिसमेत हरेक वर्ष पैसा बुझाउन बाध्य

कैलाली : भारतीय सीमासँग जोडिएका कैलारी गाउँपालिकाका वडा नम्बर ३, ५ र ७ स्थित बस्तीका करिब नौ सय परिवारमाथि भारतका वन कर्मचारीले वर्षौंदेखि ज्यादती गरिरहेको पाइएको छ । यहाँका हरेक परिवारका एक सदस्यले हरेक वर्ष सीमापारि भारतको जंगलमा गएर नाली बनाउने, झाडी काटेर सफा गर्ने लगायतका श्रम निःशुल्क गर्नुपर्छ भने उल्टै प्रतिपरिवार तीन सय रुपैयाँ बुझाउनुपर्ने बाध्यता छ ।,यो समाचार आजको नागरिक दैनिकमा छ ।

‘भनेअनुसार नगरे पारि गएका बेला कुटपिट गर्ने, चोरीसिकार, तस्करी लगायतका झुटा मुद्दा लगाएर फसाइदिने धम्की दिने गरेकाले बाध्य भएर निःशुल्क श्रम गर्न र नगद बुझाउन बाध्य हुँदै आएका छौं,’ कैलारी गाउँपालिका–३ का वडा सदस्य भगीराम चौधरीले भने, ‘के गर्नु, गाईगोरु चराउन र सामान खरिद गर्न सीमापारि जानुपर्ने बाध्यता छ ।’

सर्वसाधारणमात्रै नभई त्यस क्षेत्रका जनप्रतिनिधिहरूसमेत भारतीय पक्षलाई नियमित रकम बुझाउन र परिवारका एक सदस्य निःशुल्क श्रम गर्न पठाउन बाध्य छन् । ‘सबैले विरोध गरे पनि हाम्रो केही चल्दैन, अनेक बाहना बनाएर फसाउन र दुःख दिन सक्ने भएकाले म आफैं पनि त्यसो गर्न बाध्य छु,’ कैलारी गाउँपालिका–३ वडाअध्यक्ष कैलाश चौधरीले भने। भारतीय पक्षलाई रकम नबुझाए विभिन्न लाञ्छना लगाउने, सताउने, धम्क्याउने र कुटपिट गर्ने गरेको उनी बताउँछन् ।उनले भने ‘ उनीहरूले भनेको नमाने अरूले काटेको काठमा उभ्याएर फोटो खिच्ने, वन्यजन्तुका अंग, हड्डी र छाला भेट्टाएको भनेर मुद्दा लगाउने गर्छन्,’ ।

Advertisement

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top