राजपा आन्दोलनको तयारीमा

२३ फागुन ७५, बिहीबार
Share this
810shares

विराटनगर,फागुन २३
राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले जनताले निर्वाचित गरेको सांसदलाई अदालतवाट जन्मकैद फैसला भएकोमा त्यसविरुद्ध जनता सक्षम जाने बताएका छन् । विराटनगर विमानस्थलमा बिहीबार सञ्चारकर्मीहरुसंग कुरा गर्दै उनले रेशम चौधरीको बिषयमा अदालतले दिएको फैसलाबाट चित्त नबुझेको र आफुहरु स्तब्ध तथा दुखी भएको बताए । उनले भने न्याय गरेर मात्र हुदैन न्याय गरेको देखिनुपर्याे त्यो अनुभूति हुनुपर्याे ।

Advertisement

आन्दोलनकारीलाई जन्मकैदको फैसला आउने हो भने बिगतमा विभिन्न चरणमा भएका अन्दोलनमा सहभागि सबै नेताहरु प्रचण्डदेखि ओली, गरिजाप्रसादसम्मका नेताहरु दोषी रहेको उनले बताए । सवै कुनै न कुनै आन्दोलनमा सहभागि भएका छन् महतोले भने उनीहरु समेत सजायको भागिदार हुनुपर्छ । नेता महतोले वर्तमान संविधान प्रति अहिले पनि आदिवासी, थारु र मधेशी समुदायका असुष्टि रहेको वताउदै अधिकार प्राप्तिको आन्दोलन बिच बाटोमै रहेको विचार व्यक्त गरे ।

Advertisement

समान विचारधारा मिल्ने पार्टीहरुसंग मोर्चावन्दी गरी संविधानमा पिछडिएका जनताको अधिकार प्राप्तिकालागि शान्तिपूर्ण राष्ट्रिय आन्दोलन शुरु गर्ने उनले बताए । सोहि पार्टीका अर्का नेता शरदसिंह भण्डारीले सांसदलाई फौजदारी अभियोग लगाई न्याय सम्पादन गर्दा जनतामा वितृष्णा आउने वताए । उनले पार्टीले जनतालाई जागरुक गराएर शान्तिपूर्ण आन्दोलनको चाँडै घोषणागर्ने पनि जानकारी दिए ।

नेता भण्डारीले मधेश आन्दोलन र थारुहट आन्दोलन सम्बन्धि छानविन आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक नगरिएकोमा आपत्ति जनाए । उनले भने ती प्रतिवेदन सार्वजनिक गरे जनताले यथार्थ थाहा पाउने थिए । सप्तरीको मलेठमा आयोजना हुने कार्यक्रममा सहभागि हुन राजपाका अध्यक्ष मण्डलका संयोजक महतो, सदस्य भण्डारी र महेन्द्र राय यादव विराटनगर हुदै त्यसतर्फ गएका छन ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top