×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

​यौनजन्य क्रियाकलापमा लगाएको आरोपमा पक्राउ

२६ पुष २०७४

झापा, पुस २६
युवतीलाई यौनजन्य क्रियाकलापमा लगाएको आरोपमा झापाका एक होटल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । युवतीलाई यौन जन्य कृयाकलापमा संलग्न गराएको आरोपमा प्रहरीले झापा अर्जुनधारा नगरपालिका–११ स्थित एवान होटल एण्ड लजका सञ्चालक राजकुमार सिटौलालाई पक्राउ गरेको हो ।

सिटौलालाई पक्राउ गरी कारबाही शुरु गरेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । सिटौलाले विभिन्न तीन स्थानका युवतीलाई जबर्जस्ती यौनजन्य क्रियाकलापमा लगाएको आरोप लगाइएको छ । त्यसैगरी, उनीहरुले कमाएको चार लाख रुपैंया पनि उनले नदिएको बताइएको छ ।

ती युवतीले प्रहरीलाई दिएको जानकारीका आधारमा सिटौलालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो । सिटौलाले युवतीहरुलाई दिनभरि कोठामै राखी रातिको समयमा विभिन्न होटल एवं लजमा यौनजन्य कार्य गराउन लगाउने गरेको युवतीले बताएका छन् । यस अघि पनि झापाका विभिन्न स्थानहरुमा युवतीलाई जबरजस्ती यौन जन्य कृयाकलापमा संलग्न गराएको आरोपमा होटल सञ्चालकहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top