काठमाडौँ : आगामी वैशाख १ गतेबाट काठमाडौँ महानगरपालिका अन्तर्गतका सबै विद्यालयले आफ्नो परिसरमा अनिवार्य रूपमा राष्ट्रिय झन्डा फरहराउनुपर्ने भएको छ ।
काठमाडौँ महानगरपालिकाको शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले राष्ट्रिय झन्डा र राष्ट्रिय गानको प्रयोगसम्बन्धी कार्यविधि, २०६९ अनुसार विद्यालय परिसरमा राष्ट्रिय झन्डा राख्नुपर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।
सो कार्यविधिमा स्थिररूपमा राखिएको न्यूनतम् पाँच मिटर ८० सेन्टिमिटर (१९ फिट)को अग्लो पोलमा डोरीले बाँधेर राष्ट्रिय झन्डा फहराउनुपर्ने र मूलद्वारबाट सामान्यतया मध्य भागमा वा बीचमा प्रष्ट देखिने गरी राष्ट्रिय झन्डा राख्नुपर्ने व्यवस्था गरिएको छ ।,यो खरब आजको गोरखापत्र दैनिकमा छापिएको छ ।