भाषाशास्त्रीको पुण्य तिथिमा विराटनगरमा श्रद्धान्जली सभा

२५ फागुन ७५, शनिबार
Share this
774shares

विराटनगर, फागुन २५
नेपाली भाषाका मुर्धन्य बिद्धान साहित्यकार तथा भाषाशास्त्री स्वर्गिय बालकृष्ण पोखरेलको १३ औं पुण्य तिथिमा विराटनगरमा श्रद्धान्जली सभा गरिएको छ । विराटनगर महानगरपालिकाको आयोजनामा भएको श्रद्धान्जली सभामा प्रदेश एक प्रमुख डाक्टर गोबिन्दबहादुर तुम्बाहाङ,सामाजिक विकास मन्त्री जीवन घिमिरे,विराटनगर महानगरपालिका प्रमुख भीम पराजुली सहित साहित्यकार,कवि,विद्धान र सर्वसाधारण सहभागि भएका छन् ।

Advertisement

कार्यक्रममा भाषाशास्त्री स्वर्गिय पोखरेलको साहित्यिक र भाषिक योगदानको चर्चा गरिएको थियो । सो अवसरमा कवि शिवनारायण पण्डित सिंगलले मृत्यु एक कविता हो शिर्षकको शोक कविता वाचन गरे । यसैगरि कवियत्री सरिता तुलाधरले शोक मुक्तक वाचन गरे । कार्यक्रमका सहभागिले भाषाशास्त्री पोखरेलको तस्वीरमा अबिर र माल्यार्पण गर्नुका साथै मौन धारणगर्दै श्रद्धान्जली अर्पण गरेका थिए ।

नेपाली भाषामा झर्रोवादी आन्दोलनका प्रणेता समेत रहेका साहित्यकार बालकृष्ण पोखरेलको यहि फागुन १२ गते ८६ वर्षको उमेरमा निधन भएको थियो ।

Advertisement

बृहत् नेपाली शब्दकोशको सम्पादनमा गहनतम योगदान पु¥याउन भएका पोखरेलका सयौँ कृतिमध्ये ‘खस जातिको इतिहास’, ‘पाँच सय वर्ष’, र ‘नेपाली–अङ्ग्रेजी–नेपालीशब्दकोश’ निरन्तर स्मरण भइरहने कृतिहरु हुन । कथा, कविता, उपन्यास, निबन्ध, समालोचना, अनुसन्धान, शब्दकोश, काव्य लगायत नेपाली बाङ्मयका विविध विधामा उहाँका एक सय भन्दा बढी कृति प्रकाशित छन ।

Advertisement

उनले २०२१ सालमा नेपाली भाषा र साहित्य नामक ग्रन्थकालागि गद्य विधामा मदन पुरस्कार प्राप्त गरेका छन् । यसबाहेक उन प्रतिभा पुरस्कार, गोपाल पाण्डे असीम पुरस्कार, झपट पुरस्कार उदयानन्द पुरस्कार पृथ्वी प्रज्ञा पुरस्कार आदिबाट सम्मानित भएका थिए । विक्रम सम्बत १९९० साल साउन ३० गते मकवानपुरको चिसापानीमा उनको जन्म भएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top