विराटनगर, फागुन १५
विराटनगर राउण्ड टेबल नं. ५ ले विराटनगर महानगरपालिका वडा नं. ५ कोचाखालस्थित विराट बहिरा माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई खेलकुदका सामग्री वितरण गरेको छ ।
सामाजिक कार्यमा सक्रिय विराटनगर राउण्ड टेबल नं. ५ ले विद्यालयमा एक कार्यक्रम गरी खेलकुद सामग्रीका साथै डाइनिङ टेबल र कुर्सि प्रदान गरेको क्लवका अध्यक्ष स्वतन्त्र नेवटियाले जानकारी दिए । यसैगरी क्लवले विद्यालयका बालबालिकाहरुलाई गुड टच र ब्याड टचका विषयमा जनचेतनामूलक प्रशिक्षण पनि गराएको थियो ।
राउण्ड टेबल नं. ५ ले यसअघि पनि विभिन्न स्कूलहरुमा गुड टच ब्याड टचको भिडियो प्रदर्शनीका साथै चेतनामूलक कार्यक्रम गरिसकेको क्लवका पब्लिसिटी कन्भेनर सञ्जीव सिग्देलले जानकारी दिए ।