नेकपा बेलबारीका नेता गुरुङले महिलाको हत्या गरी सप्तकोसीमा फ्यालिदिएको खुलासा

Share this
752shares

विराटनगर,फागुन २६
सत्तारुढ दल नेकपा मोरङका नेता योगेन्द्र गुरुङले एक महिलाको हत्या गरेर शव सप्तकोसी नदीमा फ्यालिदिएको खुलेको छ ।मोरङको बेलबारी नगरपालिका–४ की २६ वर्षीय रमिला राई फागुन १७ गते शुक्रबार रातिदेखि हराइरहेकी थिइन् ।

Advertisement

राईको हत्या गरेर शव गायव बनाउन कोसी व्यारेजको पुलबाट नदीमा फ्यालेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हत्यामा संलग्न एमाले बेलबारीका पूर्व अध्यक्ष समेत रहेका गुरुङ तीन दिन अघि इलामबाट पक्राउ परेका छन् । गुरुङलाई ईलाका प्रहरी कार्यलय बेलबारीको टोलीले ईलामबाट पक्राउ गरेको हो ।

गुरुङले दिएको बयानका आधारमा दुईदिनदेखि लगातार प्रहरीले कोसी नदी आसपासमा खोजतलासलाई व्यापक बनाए पनि शव भने फेला पार्न नसकिएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताए । उनले शव खोजी भईरहेको बताएका छन् । नदीले बगाइसकेका कारण पनि शव नभेटिएको हुन सक्ने उनले बताए । केसीले घटनाबारे थप अनुसन्धान भईरहेको बताए । उनले भने ‘घटनामा अरु प्रमाण पनि जुट्नु पर्छ । सबै प्रमाण संकलन गरेर घटनासँग जोड्दै अनुसन्धान गर्ने काम भइरहेको छ ।’

Advertisement

महिला हराएको केही दिनमै गुरुङ समेत बेलबारी छाडेर बेपत्ता बनेपछि प्रहरीले उनीमाथि अनुसन्धान केन्द्रीत गरेको थियो । त्यसै क्रममा भागेर इलाम पुगेका बेला गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले गुरुङले प्रयोग गर्दै आएको बा १५ प ७९१६ नम्बरको कार भने घरैबाट नियन्त्रणमा लिएको छ । हत्यापछि यही गाडीमा शव राखेर नदीसम्म पुर्याएको प्रहरी दावी छ ।

बेपत्ता भएकै राति हत्या गरेर शव गायव बनाउन कोसी नदीमा फ्यालिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । महिला हराएको राति दुवै जना सँगै रहेको र महिला घर नफर्किएपछि परिवारले खोजीका लागि प्रहरीलाई गुहारेका थिए ।युवती हराएपछि गुरुङले ईलाका प्रहरी कार्यलय बेलबारीका प्रहरी निरिक्षक रामकुमार राईलाई फोन गरी तनाव भयो,गर्लफ्रेण्ड हराई भन्दै फोन गरेको र अनुसन्धानको क्रममा उनलाई केन्द्रित गरी प्रहरीले उनीमाथि अनुसन्धान थालेको थियो ।

Advertisement

हत्या गरिएकी महिला आफ्ना पहिलेका श्रीमानसँग सम्बन्ध विच्छेद गरेर माइतीमै बस्दै आएको खुलेको छ । उनकी एक छोरी छन् । गुरुङका भने श्रीमती र दुई छोराहरु काठमाडौंमा बस्दै आएका छन् ।नेकपा नेता गुरुङ एमाले बेलबारीका पूर्व अध्यक्ष हुन् भने नोबेल अस्पताल बेलबारी एवं एक साझेदारी वनका अध्यक्ष पनि हुन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top