मन्त्रिपरिषद् पुर्नगठनको तयारीःपुष्पकमल दाहाल

विराटनगर, फागुन २८
नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सीके राउत सँगको सहमतिका विषयमा बाहिर धेरै नबोल्न पार्टीका नेताहरुलाई आग्रह गरेका छन् । साफ महिला फुटबलको उद्घाटन गर्न विराटनगर आएका पत्रकारहरुसँग कुरा गर्दै दाहालले सीके राउतसँगको सहमतिका बारेमा देखिएको विवादका विषयमा पार्टी कमिटिहरुमा छलफल गरेर समस्या समाधान गरिने भन्दै बाहिर धेरै नबोल्न आग्रह गरेका छन् ।

Advertisement

‘कमिटिमा छलफल गरेर समस्या समाधान हुन्छ साथीहरुले बाहिर धेरै नबोल्दा राम्रो हुन्छ’ दाहालले भने । सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकारको ध्यान पृथकतावादी आन्दोलनमा लागेका मानिसलाई राष्ट्रिय एकतामा र संविधानको स्वीकार्यतामा ल्याउने ध्यान रहेको बताए ।

उनले भने,‘जुन परिवेशमा सरकारले यो समझदारी बनाएको छ राष्ट्रिय एकताको पक्षमा संविधानको कार्यान्वयनको पक्षमा सकारात्मक पहल भएको छ ।’ राउतसँगको सहमतिमा कुनै शंका गर्नुपर्ने अवस्था नरहेको उनको भनाइ थियो । ‘सरकारले भौगोलिक अखण्डताको पक्षमा गरेको पहल सकारात्मक हो,यसमा शंका गर्नुपर्ने छैन’ दाहालले भने,‘पार्टीले गरेको निर्णयमा मेरो समर्थन छ ।’

Advertisement

सरकारले सीके राउतसँग गरको सहमतिमा प्रयोग भएको भाषा लगायतले सत्तारुढ दल नेकपामा विवाद देखिएको छ । दाहालले मन्त्रिपरिषदमा पुर्नगठनका विषयमा समेत प्रधानमन्त्री ओली सँग छलफल भईरहेको बताएका छन ।उनले मन्त्री मण्डलमा हेरफेरका बिषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसंग बालुवाटारमा बिहान छलफल भएको वताएका छन ।

उनले सरकारको कार्यलाई द्रुतगति दिन यस सम्वन्धमा चर्चा भएको वताउदै यद्यपी यो प्रधानमन्त्रीको अधिकार क्षेत्र भित्र रहेको बताए । पूर्व प्रधानमन्त्री दाहालले विगत एक वर्षको अवधिमा सरकारको कार्य सन्तोजनक रहेको वताउदै यस वीचमा सरकारले भौतिक पूर्वाधार निर्माण र कानून लगायतका थुप्रै कार्य गरेको धारणा व्यक्त गरे ।

Advertisement

उनले प्रदेशको अधिकार खोस्ने कार्य संघीय सरकारले गरेको भन्ने आरोप गलत भएको वताउदै संविधानमा प्रष्ट उल्लेख भए अनुसारको अधिकार सातै प्रदेशलाई दिएको प्रष्ट पारे । उनले प्रधानमन्त्री ओलीसंग पार्टी एकतालाई अन्तिम रुप दिन वालुवाटरमा छलफल भएको वताउदै आगामी एक÷दुई दिन भित्र यसको टुंगो लाग्ने जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top