विराटनगर, चैत १
रमपम तयारी चाउचाउका उत्पादक प्रतिष्ठित उद्योग एशियन थाई फुड्स प्रा. लि.ले आफ्नो एकल प्रयासमा आज रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
स्वास्थ्य क्षेत्रमा देखा परेको रगतको चरम अभावको वर्तमान अवस्थालाई मध्यनजर गर्दै एशियन थाई फुड्सले रक्तदान कार्यक्रम आयोजना गरी रेडक्रस सोसाईटीलाई बुझाएको हो । कम्पनीमा कार्यरत कर्मचारीहरु र मजदुरहरुले कुल १०६ पाउण्ड रक्तदान गरेका हुन् ।
कम्पनीका प्रबन्धक राधेश्याम सारडाको संयोजकत्वमा आयोजित उक्त रक्तदान कार्यक्रममा रक्तदान गरेका दाताहरुले कम्पनीमा कार्य गर्नुका साथै सामाजिक कार्यमापनि सहभागी हुने पाएकोमा त्यसको प्रशंसा व्यक्त गरेका थिए । कम्पनीले यससँगै तेश्रो पटक रक्तदान कार्यक्रम संचालन गरी व्लड बैंकलाई बुझाएको कम्पनीले जनाएको छ ।