विराटनगर, चैत्र १
विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा विराटनगरमा सचेतनामूलक ¥याली निकालिएको छ । आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरको अगुवाइमा निकालिएको ¥यालीले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो ।
आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरको अगुवाइमा निकालिएको ¥यालीले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो । ¥यालीमा सहभागीहरुले गुणस्तरीय बस्तु र सेवामा उपभोक्ताको अधिकार, हामी सबैको सरोकार, गुणस्तरीय बस्तु र सेवामा ध्यान पु¥याऔं,बस्तु खरिद गर्दा, उत्पादन मिति, समाप्त मिति, ब्याच नम्बर र मूल्यमा ध्यान दिऊ लगायतका सचेतना मूलक प्लेकार्ड बोकी नगरका विभिन्न भागको परिक्रमा गरिएको थियो ।
हरेक वर्ष मार्च १५ लाई विश्व उपभोक्ता अधिकार दिवसको रुपमा मनाउने गरिन्छ । सन् १९६२ मा मार्च १५ कै दिन अमेरिकाका राष्ट्रपति जोन अफ केनेडीले उपभोक्ता अधिकारको बारेमा अमेरिकी कांग्रेसको सभामा बोलेको दिनको सम्झनामा यो दिवश मनाउदै आइएको छ ।