उपन्यासकार श्रेष्ठको ‘अधुरो नाता’ विमोचन

२ चैत ७५, आइतबार

विराटनगर,चैत २
उपन्यासकार ममता श्रेष्ठको ‘अधुरो नाता’ उपन्यास विमोचन गरिएको छ । पूर्वाञ्चल साहित्य प्रतिष्ठानले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा ‘अधुरो नाता’ उपन्यास विमोचन गरिएको हो । सामाजिक घटना र प्रेमलाई मुख्य विषयवस्तु बनाएर लेखिएको उपन्यासलाई प्रतिष्ठानले प्रकाशित गरेको हो ।

कार्यक्रममा वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदी, आयोजक संस्थाका अध्यक्ष प्राज्ञ विवश पोखरेल, अग्रज साहित्यकार रमाप्रसाद रिजाल, बलराम पोखरेल, सरला चापागाईं, शोभा लामा बल, पत्रकार महासंघ प्रदेश–१ का अध्यक्ष विक्रम लुइँटेल लगायतले संयुक्त रुपमा उपन्यासको विमोचन गरेका थिए ।

विमोचित कृतिमाथि साहित्यकार गायत्रीकुमार चापागाईं र शंकर सुवेदी ‘उत्स’ले समीक्षा गरे । विमोचित उपन्यास वर्तमान नेपाली समाजको प्रतिबिम्बका रुपमा प्रस्तुत भएको समीक्षकद्वय चापागाईं र सुवेदीले भनाइ थियो ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका दधिराज सुवेदी, साहित्यकार बलराम पोखरेल, प्राज्ञ विवश पोखरेल, पत्रकार महासंघ प्रदेश–१ का अध्यक्ष विक्रम लुइँटेल, प्रतिष्ठानका उपाध्यक्ष भूषण ढुंगेल, सचिव मीनकुमार नवोदितलगायतले पठन संस्कृतिको विकासले मात्रै प्रकाशित हुने नयाँ कृतिले बजार पाउने विचार व्यक्त गरे ।

साढे तीन दशकभन्दा लामो समयदेखि नेपाली भाषा र साहित्यको विकासमा सक्रिय प्रतिष्ठानले हालसम्म ७६ वटा कृति प्रकाशित गरिसकेको छ । श्रेष्ठको उपन्यास ‘अधुरो नाता’ प्रतिष्ठानले प्रकाशित गरेको ७६ औं कृति हो । श्रेष्ठले यसअघि दुईवटा कृति प्रकाशित गरेकी थिइन् ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top