×

NEPAL TIMES UPDATES

Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026

विप्लब समूहमाथि प्रधानमन्त्री आक्रोशित, तत्काल मन्त्रिपरिषद् हेरफेर नहुने

३ चैत्र २०७५

विराटनगर,चैत ३
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद हेरफेरको कुनै सम्भावना नरहेको बताएका छन । विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओली यस्तो बताएका हुन् । “मन्त्रिपरिषद हेरफेरको कुनै सम्भावना छैन,” उनले भने ।

रिक्त रहेको मन्त्रालयमा भने चाँडै मन्त्री नियुक्त गरिने उनले जानकारी दिए । ‘एउटा मन्त्रालय खाली छ, अपूर्णलाई पूर्ण गर्ने हो’ उनले भने ‘पुनर्गठन हुँदैन ।’

Advertisement
Advertisement

सो क्रममा प्रधानमन्त्रीले नेत्रविक्रम चन्द विप्लव समूहलाई सरकारले प्रतिबन्ध मात्रै नभइ नियन्त्रण गर्ने बताएका छन् । प्रधानमन्त्री ओली विप्लव समूहप्रति आक्रोशित भएका थिए । उनले भने “विप्लव समूह मान्यताप्राप्त संस्था होइन । कुनै कार्यालयमा दर्ता नभएको अनधिकृत समूह हो । अहिले प्रतिबन्ध लगाएको के मा हो भन्दा कहिँ दर्ता भएको थियो र ? नेकपा विप्लव समूह भनेर चिनिने झुन्ड छ । कहिले के समूह कहिले के भनेजस्तै समूह हो । अहिले विप्लव समूह भनेर चिनिने समूह छ । धम्क्याएर लुटपाट गरेर, उद्यमी र व्यवसायीलाई धम्क्याएर उत्पात मच्चाएको छ । बम पड्काएको छ । मान्छे मारेको छ । अनि यस्तालाई प्रतिबन्ध लगाउँदा आफूलाई लोकतान्त्रिक पार्टी र नेताहरु भन्नेको रुवाबासी किन ?”

उनले विप्लव समूहलाई सरकारले ठट्टा नगरेको भन्दै नियन्त्रणमा लिने चेतावनी पनि दिए ।कसैले रुवाबासी गर्छ भने गरिरहोस् । सरकारले निषेध मात्रै होइन नियन्त्रण गर्छ । नेपालमा शान्ति चाहियो कि चाहिएन ? अस्ति वार्ता समिति बनाएका थियौं, खोइ त्यो समूहले वार्ता गरेको ? सधैं वार्ता भनिरहने ?” उनले विप्लव समूहका माग अहिलेसम्म कसैले पनि बुझ्न नसकेको बताए ।

“विप्लव समूहका माग के हुन् ? सभ्य समाजले सुन्न सक्ने कुनै माग छन् ? खुद्रा पत्रकारितासँग मेरो लेनदेन हुँदैन ।” उनले सीके राउतसँगको सहमतिले नेपालमा बिखन्डनवादी र पृथकतावादी सोँच र व्यवहार समाप्त गरेको पनि बताए । उनले शान्ति सुरक्षा प्रदान गर्न सरकार दृढ रहेको बताउँदै कुनै पनि बाहनामा शान्ति सुरक्षा खलबलाउन खोज्ने तत्वलाई सरकारले नछाडने बताए । नेकपाका अध्यक्ष समेत रहेका प्रधानमंत्री ओलीले पार्टी एकताको विषय अन्तिम चरणमा पुगेको वताए । उनले पार्टी एकताका विषयमा प्राय सवै विषयमा टुंगो लागि सकेको पनि दावी गरे ।

Advertisement

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top