एजेन्सी, चैत ४
भारतको चर्चित सिंगिङ रियालिटी शो सारेगमप लिटिल च्याम्समा नेपालका प्रितम आचार्यले धमोकदार प्रस्तुती दिएका छन् ।उनले शनिबार होली स्पेशल बनाईएको आजको कार्यक्रममा उनले सोलो नभई डुएट प्रस्तुती दिए ।
उनले शोका अर्का बलियो प्रतिष्पर्धी मोहम्मद फैजसँग संयुक्त प्रस्तुती दिए ।”बद्रीकी दुल्हनिया” फिल्मको शिर्ष गीत गाएका प्रितमले मोहम्मद फैजलाई ओझेलमै पारेका छन् भन्दा फरक पर्दैन । जर्ज तथा जुरीले उनीहरुलाई स्ट्याण्टिङ ओभिएसन दिए भने जुरी मेम्बरबाट सय प्रतिशत नम्बर ल्याई चार्ट बस्टर पफर्मेन्स दिएका छन् ।
पछिल्लो समय प्रितमले शोमा आफना प्रस्तुतीमा निकै सुधार गरिरहेका छन् ।जसको कारण पनि उनले चार्ट बस्टर पफर्मेन्स दिईरहेका छन् । यसरी भारतीयहरुको समेत मन जित्दै इटहरीका ११ बर्षका यी बालकले नेपाल र नेपालीहरुको प्रतिनिधित्व गरिरहेका छन् । उनले बिदेशी भुमिमा देशकै नाम चम्काईरहदा हरेक नेपालीहरुले उनीप्रति गर्व महसुस गरिरहेका छन् ।
https://youtu.be/dFPmV3c-gYo