×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

लियो क्लब विराटनगर युनिकद्धारा दलित विद्यार्थीलाइ ब्याग र कपि वितरण

५ चैत्र २०७५

विराटनगर, चैत ५
लियो क्लब अफ विराटनगर युनिकले विराटनगर–१९ बैजनाथपुर स्थित पञ्चकन्या आधरभुत विद्यालयमा अध्ययनरत २ दर्जन बढी विद्यार्थीलाई स्कुल ब्याग र कपि वितरण गरेको छ ।

सो क्लबले अन्तराष्ट्रिय समाजसेवा दिवसको अबसर पारेर सो विद्यालयको कक्षा २ मा अध्ययनरत २५ जना विद्यार्थीहरुलाई स्कुल ब्याग र कपि वितरण गरेको हो ।

Advertisement

क्लबले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का केन्द्रिय सचिव वसिम आलम, प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीका स्वकीय सचिव विष्णु यादवको सहयोगमा प्रत्येक विद्यार्थीलाई १ थान स्कुल र व्यवसायी तथा समाजसेवी लक्ष्मण घिमिरेको सहयोगका प्रति विद्यार्थी ४ थान कपि वितरण गरेको क्लबकी अध्यक्ष आइसा रायनले जानकारी दिइन् ।

कार्यक्रममा स्वकीय सचिव तथा अनेरास्ववियूका केन्द्रीय सचिव वसिम आलमले विभिन्न कलेजमा अध्यनरत विद्यार्थीहरुले लियो क्लबमा संगठित भएर मानविय सेवाको कार्य नियमित गर्ने गरेको भन्दै क्लबको प्रसंसा गरे ।

उनले लियो क्लब अफ विराटनगर युनिकमा आवद्ध युवाहरुले सानै उमेरदेखी समाजसेवामा अग्रसर भएकाले समाजमा मानवता रहेको उदाहरण प्रस्तुत गर्दै आएकाले क्लबलाई आगामी दिनमा पनि साथ र सहयोग गर्ने प्रद्धिवद्धता जनाए ।

Advertisement

कार्यक्रममा लियो क्लब अफ विराटनगर यूनिकका प्रथम उपाध्यक्ष पेरिस सुवेदीले क्लब मार्फत नियमित विभिन्न सामाजिक कार्यहरु गर्दै आएको जानकारी दिए । उनले क्लब मार्फत आगामी दिनमा पनि सामाजिक कार्यहरुलाई निरन्तरता दिइरहने बताए । उनले विद्यार्थीलाइ ब्याग र कपि वितरण गर्ने सहयोगी दाताहरुप्रति आभार प्रकट गरे ।

भर्खरको समाचार

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

सम्बन्धित खबरहरु

Scroll to Top