×

NEPAL TIMES UPDATES

Playing
फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री! कानुनी उपचारमा जाने || Nepal Times
Apr 06, 2026
Playing
कम्बोडिया पुगेका नेपाली स्क्याम जालमा, ७ जनाको उ*द्धार|| Nepal Times
Apr 06, 2026
Playing
३६ वर्षदेखि सुरक्षाकर्मीलाई ’हतक*डी’,बिचौलियाको हातमा शासन|| Nepal Times
Apr 06, 2026
Playing
संसद्को दुवै सदनको बैठक आज ःके छ कार्यसूची ? आजै सर्वदलीय बैठक|| Nepal Times
Apr 06, 2026
Playing
ट्रम्पको अल्टिमेटम सकियो, इरानको नयाँ सर्त, अमेरिकी पाइलटको उद्धार|| Nepal Times
Apr 06, 2026
Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026

साफ महिला च्याम्पियनसिप : उपाधिका लागि नेपाल र भारत भिँड्दै,नेपाली चेलीलाई च्याम्पियन बन्ने भोक

८ चैत्र २०७५

विराटनगर, चैत ७
पाँचौ साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज नेपाल र भारत आमने सामने हुँदैछन् । विराटनगरको सहिद रंगशालामा दिनको ३ बजे हुने खेलमा नेपाल घरेलु मैदानमा पहिलो पटक साफ फुटबलको उपाधि उचाल्ने लक्ष्यका साथ मैदान उत्रिने छ भने भारत लगातार पाँचौँ साफको उपाधि उचाल्ने दाउमा छ ।

नेपाल दक्षिण एसियाली राष्ट्रहरुमा भारतबाहेक अन्य टोलीसँग हारेको छैन । बलिया मानिएका दुवै टोली समूह चरण र सेमिफाइनलमा समेत कुनै गोल नखाई फाइनल प्रवेश गरेका छन् । समूह चरणमा नेपालले भुटानमाथि ३–०,बंगलादेशमाथि ३–० को जित निकालेको थियो भने सेमिफाइनलमा ४–० को जित निकाल्दै फाइनलमा प्रवेश गरेका थियो । त्यस्तै भारतले पनि माल्दिभ्सलाई ६–०, श्रीलंकालाई ५–० ले पराजित गरेको थियो भने सेमिफाइनलमा बंगलादेशमाथि ४– ० को जित दर्ता गरेको थियो ।

Advertisement

अघिल्ला प्रतियोगिताको तुलना गर्ने हो भने नेपाल भन्दा भारत बलियो टिम हो । भारतले साफ महिला च्याम्पियनसिपमा यसअघिका चारै संस्करणको उपाधि हात पारेको छ । नेपाल भने ३ वटा संस्करणमा उपविजेता बनेको छ जसमा पनि सबै खेलमा नेपालको तगारो भारत नै थियो । नेपाल २०१०, २०१२ र २०१४ को साफ च्याम्पियनसिपमा भारतसँग पराजित भएको थियो भने २०१६ को च्याम्पियनसिपमा भारतले ३– १ को जित निकाल्दै नेपाललाई सेमिफाइनलमै रोकेको थियो । तर, भारतविरुद्ध नेपाली चेलीको पछिल्लो प्रदर्शन र घरेलु मैदानमा समर्थकको साथ पाएको नेपालले नयाँ इतिहास बनाउने अवसर भने पाएको छ ।

नेपालले एक महिना अगाडि भारतमा भएको हिरो कप प्रतियोगितामा भारतलाई उसकै भूमिमा पराजित गर्नु र त्यसअघि भएको ओलम्पिक छनोटमा बराबरी खेल्नुले पनि नेपाललाई बलियो सावित गरेको छ । घरेलु मैदानको फाईदा उठाउँदै नेपालले उपाधि जित्नेमा प्रशिक्षक हरि खड्का र टिम कप्तान निरु थापा विश्वस्त छन् ।बिहीबार विराटनगरमा भएको प्रि–म्याच पत्रकार सम्मेलनमा प्रशिक्षक खड्काले भने, ‘हामीले भारतसँग यसअघि दुई खेल खेलेका छौं । जसमा एक जित र एक बराबरी छ । टिमको मनोवल उच्च रहेको छ । उनीहरुको विङ्समा केही राम्रो देखिएको छ । हामी उनीहरुलाई रोक्दै उपाधि जित्ने लक्ष्यमा हुनेछौं ।’

२०१८ को फिफा बरियता अनुसार पनि भारत नेपाल भन्दा ४६ स्थान माथि छ । दक्षिण एसियाको शिर्ष स्थानमा रहेको भारत ६२ औँ स्थानमा छ भने नेपाल १०८ औँ स्थानमा छ । भारतको यसअघिका संस्करण, यस प्रतियोगिताको फाइनलसम्म फराकिलो अन्तरको जित भएपनि घरेलु मैदानमा नेपाललाई जित्न भने कठिन नै देखिन्छ । आयोजक नेपाललाई दर्शकको साथ भएपनि आफुहरु उपाधिका लागि कडा मेहनत गर्ने भारतीय महिला टिमकी प्रशिक्षक मायामोल नेदुगदान रकिले बताईन् ।

Advertisement

अन्तराष्ट्रिय महिला फुटबलमा तीन दशक लामो इतिहास भएपनि नेपाली महिला टोलीले निरन्तर अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन थालेको एक दशक भयो । सन् २०१० देखि निरन्तर अन्तराष्ट्रिय महिला फुटबल प्रतियोगिता सहभागिता जनाइरहेको नेपाली टोलीले अन्तराष्ट्रिय उपाधि जित्न सकेको छैन । तर, घरेलु मैदान, समर्थकको हौसला र नेपालको पछिल्लो उपलब्धीलाई हेर्ने हो भने यसपालिको नेपालले साफ महिला च्याम्पियनसिपको उपाधि उचाल्ने सम्भावना देखिन्छ ।

भर्खरको समाचार

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

सम्बन्धित खबरहरु

Scroll to Top