साफ महिला च्याम्पियनसिपको उपाधी भारतको कब्जामा

विराटनगर, चैत ८
पाँचौँ साफ महिला च्याम्पियनसिपको उपाधि भारतले जितेको छ । विराटनगर स्थित शहिद रंगशालामा शुक्रबारसम्पन्न फाइनल खेलमा नेपाललाई घरेलु मैदनमै ३–१ गोल अन्तरले पराजित गर्दै भारतले पाँचौँ पटक उपाधि जितेको हो ।

Advertisement

चार पटक उपाधि जितेको भारतले खेलको २६ औँ मिनेटमा १ गोल गर्दै नेपालविरुद्ध १–० को सुरुवाती अग्रता लिएको थियो । ३३ औँ मिनेटमा नेपालकी सावित्रा भण्डारीले १ गोल गर्दै खेल बराबरीमा ल्याएकी थिइन् ।

पहिलो हाफपछिको खेलमा भारतले २–१ ले अग्रता लिएको थियो। खेलको ६३ औँ मिनेटमा भारतले दोस्रो गोल गर्दै नेपालविरुद्ध २–१ को अग्रता लिएको हो ।दोस्रो हाफमा नेपाली टोलीले गोल गर्न सकेनन् ।

Advertisement

७८ औँ मिनेटमा अञ्जु तामाङले १ गोल गर्दै भारतलाई ३–१ को अग्रता दिलाएकी हुन् । खेलको ८१ औँ मिनेटमा नेपालकी सावित्राले गोल प्रयास गरेकी थिइन् तर असफल भइन् ।

भारतले यसअघि भएका साफ महिला च्याम्पियनसिका चारवटै संस्करणको उपाधि जितिसकेको छ । त्यसबाहेक सुरुका तीनवटै संस्करणमा नेपाललाई फाइनलमा पराजित गर्दै भारतले उपाधि हात पारेको थियो । दुई वर्षअघि भएको चौँथो संस्करणमा भने भारतले नेपाललाई सेमिफाइनलमा नै रोकेको थियो ।

Advertisement

तर, पछिल्ला दुई खेलमा भने नेपालले भारतलाई कडा चुनौती दिएको थियो । २०१८ को नोभेम्बरमा भएको ओलम्पिक छनोटको प्रारम्भिक चरणको खेलमा नेपालले भारतलाई बराबरीमा रोकेको थियो भने फागुन पहिलो साता भारतमा भएको हिरो गोल्डकपमा नेपालले भारतलाई पहिलो पटक पराजित गरेको थियो।

पछिल्ला दुई प्रतियोगितामा भारतविरुद्ध गतिलो फुटबल खेलेकै कारण नेपालले उपाधि जित्ने विश्वास लिइएको थियो तर नेपाल असफल भयो । समूह चरणको खेलमा नेपालले बङ्गलादेश, भूटान र श्रीलङ्कालाई पराजित गरेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top