Nepal Times
Nepal Times
3
Shares

प्रकृति–मानव केन्द्रित जनअभियानको चौथो राष्ट्रिय सम्मेलन विराटनगरमा

प्रकृति–मानव केन्द्रित जनअभियानको चौथो राष्ट्रिय सम्मेलन विराटनगरमा

विराटनगर, चैत ८
भावी पुुस्ताकालागी पृथ्वी बचाऔं भन्ने उद्वेश्यका साथ प्रकृति–मानव केन्द्रित जनअभियानको चौथो राष्ट्रिय सम्मेलन विराटनगरमा हुुने भएको छ । शनिबारदेखि सुुरुहुने दुुईदिने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ ।

सम्मेलन आयोजक समितिले विराटनगरमा पत्रकार सम्मेलनगरी सो जानकारी गराएको हो । सम्मेलनमा ४९ जिल्लाका १ सय ५० जनाको सहभागिता रहने छ ।

सम्मेलनमा भारत,श्रीलंका, तथा वंगलादेशवाट समेत प्रतिनिधी सहभागी हुुने जनाइएको छ । प्राकृतिक मानव केन्द्रित जनअभियानका राष्ट्रिय अध्यक्ष सन्तबहादुुर घिसिंगले जलवायुु परिवर्तन तथा पर्यावरणिय चुुनौती र समाधानका उपायका वारेमा सम्मेलनमा वृह्त छलफल हुुने वताए । यसैगरी सम्मेलनमा जैविक विविधता तथा सुुशासन र मुुलुुकको अर्थ व्यवस्थाका विषयमा छलफल हुुने उनले वताए ।

विराटनगरको अतिथि सदनमा सुुरु हुुने सम्मेलन अघि विराटनगरमा ¥यालीको आयोजना गरिने सम्मेलन आयोजक समितिका संयोजक मणीकुुमार अज्र्यालले वताए । सम्मेलनले केन्द्रिय नेतृत्व समेत चयनगर्नेछ । सम्मेलनको संघिय मामिला तथा स्थानिय विकास मन्त्री लालवावुु पण्डितले उद्घाटन गर्ने कार्यक्रम छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.