केही दिनमै नेपाल र जापानबीच रोजगारी समझदारीमा हस्ताक्षर हुँदै

काठमाडौं : नेपाली कामदार जापान लैजाने विषयमा नेपाल र जापानबीच केही दिनमै समझदारी हुने भएको छ । मन्त्रिपरिषद् बैठकले दुई देशबीच हुने समझदारीमा हस्ताक्षर गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश दाहाललाई जिम्मेवारी तोकेपछि अबको केही दिनमा हस्ताक्षर हुने भएको हो ।

Advertisement

मन्त्रालयका एक अधिकारीले सम्भवतः सोमबार दाहाल र जापानी राजदूतबीच कामदार पठाउने विषयमा हस्ताक्षर हुने बताए । ‘सोमबार दुई देशबीच कामदार पठाउने विषयमा हस्ताक्षर गर्ने तयारी गरेका छौँ,’ ती अधिकारीले भने,‘हाम्रो योजना अनुसार काम अघि बढ्यो भने सोमबार नत्र त्यसको केही दिनपछि समझदारीमा हस्ताक्षर हुन्छ ।’ यो समाचार आजको नागरिक दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top