×

NEPAL TIMES UPDATES

Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026
Playing
सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुँदा रविलाई कस्तो राहत ? || Nepal Times
May 23, 2026
Playing
कान्स फिल्म फेस्टिभलमा नेपालले रच्यो इतिहास|| Nepal Times
May 23, 2026
Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026
Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026

मोरङमा एसइईको पहिलो दिनको परीक्षा मर्यादित रुपमा सम्पन्न

१० चैत्र २०७५

विराटनगर,चैत १०
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आइतबारदेखि सुरु भएको छ । बिहान ८ बजेदेखि सुरु परीक्षा ११ बजेसम्म हुनेछ । पहिलो दिन आइतबार अनिवार्य अंग्रेजी विषयको परीक्षा मर्यादितरुपमा सम्पन्न भएको छ । मोरङमा निर्धारण गरिएको ६९ वटा केन्द्रबाट १८ हजार ३ सय ५२ जना परीक्षार्थीले परीक्षा दिएका छन् ।

अंग्रेजी बिषयको परीक्षामा नियमित र ग्रेडवृद्धितर्फका परीक्षार्थी सहभागी भएका छन् । परीक्षा शान्तिपूर्ण र सुरक्षित वातावरणमा सम्पन्न गराउन आवश्यक रुपमा प्रहरी परिचालन गरिएका छन् । शिक्षा विकास तथा समन्वय इकाइ मोरङका प्रमुख राजेन्द्र बुढाथोकीले पहिलोदिनको परीक्षामा कुनै प्रकारको अवान्छित गतिविधि नभएको र मर्यादितरुपमा सम्पन्न भएको बताए ।

Advertisement
Advertisement

ग्रेड बृद्धिको परीक्षाकालागि विराटनगर १ स्थित श्रीराधाकृष्ण माध्यमिक विद्यालयलाई केन्द्र तोकिएको छ । सो केन्द्रमा २ सय ८४ जना परीक्षार्थीले परीक्षा दिइरहेका छन । मोरङमा परीक्षा सम्पन्न गर्न ९ सय २१ जना निरीक्षक,६९ जना केन्द्राध्यक्ष,९० जना साहायक केन्द्राध्यक्ष,१ सय ८९ कर्मचारी र ३ सय ६७ जना कार्यालय सहयोगि खटिएको शिक्षा इकाइ मोरङले जनाएको छ ।

Advertisement
Advertisement

देशभरिबाट कूल ४ लाख ७५ हजार ३ परीक्षार्थी परीक्षामा सहभागी भइरहेका छन । जसमध्ये २ लाख ३६ हजार ४ सय ४५ छात्र र २ लाख ३८ हजार ५ सय ५८ छात्रा रहेका छन् । प्रदेश एकबाट भने ८३ हजार ८ सय १८ विद्यार्थीले एसइई परीक्षा दिइरहेको सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर १ का उपसचिव दिव्यराज कट्टेलले जानकारी दिएका छन ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top