जनताको मुहारमा खुशी झल्कनेगरी विकास निर्माण गरिनेःमुख्यमन्त्री राई

विराटनगर, चैत १०
प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले जनताको मुहारमा खुशी झल्कनेगरी विकास निर्माणका योजना अघि बढाईने बताएका छन् । प्रदेश एक भौतिक पूर्वाधार विकास मन्त्रालयको आयोजनामा विराटनगरमा आइतबारदेखि शुरु भएको आर्थिक वर्ष २०७५/७६ को दोश्रो चौमासिक प्रगति समिक्षा वैठकलाई संवोधन गदै उनले जनतालाई केन्द्र विन्दु मानेर प्रतिफल आउनेगरी विकास निर्माणका योजना वनाउनुपर्नेमा जोड दिएका हुन् ।

भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेबारी समेत समाल्हेका मुख्यमन्त्री राईले विगतमा वनेका कतिपय योजना कागजमा मात्र सिमित हुने गरेकाले समयमा काम सम्पन्न हुने र त्यसको प्रतिफल जनताले पाउने खालको योजना वनाउनु आवश्यक रहेको बताए । उनले प्रदेशमा भईरहेको विकास निर्माणकालागि प्रदेश सरकारले अधिकार सम्पन्न अनुुगमन समिति गठन गर्न लागेको समेत बताए ।

मुख्यमन्त्री राईले सो समितिले विकास निर्माणका योजनाहरुको सुक्ष्म रुपमा अनुगमनगर्ने उल्लेख गरे । उनले प्रदेश सरकारले जनतासंग प्रत्यक्ष सरोकार राख्ने विकास निर्माणका विषयमा कुनैपनि ढिलासुस्ती हुन नदिने बताए । प्रदेश प्रमुख सचिव केदार न्यौपानेले जनताको आकांक्षा जोडिएका विकास निर्माणमा नतिजा आउनेगरी काम गर्नुपर्ने बताए ।

Advertisement

मन्त्रालयका सचिव सागरकुमार राईले, मन्त्रालयमा दक्ष कर्मचारीको व्यवस्थापन नहुुदा चाहे जस्तोगरी कामले गति लिन नसकेको बताए । दुई दिनसम्म चल्ने वैठकमा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, प्रदेश योजना आयोग तथा विभिन्न प्रदेश कार्यालयका प्रमुख तथा इन्जिनियरहरुको सहभागिता छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top