एजेन्सी, चैत्र १२
युरो कप छनौट खेलमा साबिक विजेता टोली पोर्चुगलका स्टार प्लेयर क्रिस्टियानो रोनाल्डो घाइते भएका छन् । गत राति भएको दोस्रो खेलमा पोर्चुगल पाहुना टोली सर्बियासँग १–१ को बराबरीमा रोकिएको हो ।
३१औं मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्डो घाइते भएर मैदान छाडेका थिए । यससँगै रोनाल्डो लामो समयपछि मैदान फर्किएकोमा चोटग्रस्त बनेका छन् । उनले दुई खेल खेले पनि गोल गर्न सकेनन् ।
स्मरण रहोस, केहि साता अघि भएको अर्जेन्टिना र भेनेजुएला बीचको खेलमा पनि बार्सिलोनाका स्टार लिओनेल मेस्सी घाइते भएका थिए ।