एजेन्सी, चैत १२
जारी इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सको आज हुने चेन्नई सुपर किंग्सविरुद्धको खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अटाएका छैनन् ।
आईपीएलको आज हुने पाँचौ खेल दिल्लीको घरेलु मैदान फिरोज शाह कोटलामा टस जितेर दिल्ली क्यापिटल्सले पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ ।
कप्तान श्रेयर ऐरले बुझाएको प्लेइङ ११ को सुचिमा सन्दीपको नाम अटाएको छैन ।दिल्लीले पहिलो खेलको तुलनामा एक खेलाडी मात्र परिवर्तन गरेको छ । ट्रेन्ट बोल्टको स्थानमा दिल्लीले अमित मिश्रालाई मौका दिएको छ ।
यस्तो छ दिल्लीको प्लेइङ ११ : शिखर धवन, पृथ्वी शा, श्रेयस ऐर(कप्तान), ऋषभ पन्त, कोलिन इनग्राम, किमो पल, अक्षर पटेल, राहुल टेवाटिया, कागिसो रबाडा, ईशान्त शर्मा र अमित मिश्रा ।