तेल चोरी प्रकरण : निर्देशक जोडिएपछि छानविन प्रतिवेदन गुपचुप !

तेल चोरी प्रकरण : निर्देशक जोडिएपछि छानविन प्रतिवेदन गुपचुप !

विराटनगर : आधुनिक लकिङ सिस्टम फोडेर तेल चोरी भएपटि अनुसन्धानका लागि गठन भएको छानविन समितीले तयार पारेको प्रतिवेदन आयल निगममै गुपचुप पारिएको छ । गत मंसिर ६ गते भारतको बैरानी डिपोबाट विराटनगर ल्याउने क्रममा बाटोबाटै दुई हजार चार सय ८४ लिटर डिजेल चोरी भएका थियो ।

चोरी प्रकरणमा छानविनका निगमले अन्जना पोखरेलको नेतृत्वमा छानविन समिती गठन गरेको थियो ।एकसाता लगाएर अनुसन्धान गरी समितीले बुझाएको प्रतिवेदन पाँच महिनायता निगमभित्रै गुपचुप पारिएको छ ।

भारतीय आयल कर्पोरेशन बैरानी डिपोबाट लोड गरी आएको ट्याङ्करबाट भएको तेल चोरी प्रकरण आयल निगम प्रादेशिक कार्यालय विराटनगरका निर्देशक जोडिएपछि प्रतिवेदन सार्वजनिक नभएको स्रोतले जानकारी दिएको छ ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.