दश महिने बालक माग्न प्रयोग भएको पाइएपछि मेयर पराजुलीले गरे उद्दार(भिडियो)

१४ चैत ७५, बिहीबार
Share this
724shares

विराटनगर, चैत १४
विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले दश महिने बालकको उद्दार गरेका छन् । पराजुली आफैँले विराटनगर अस्पताल चौकबाट बालकको उद्धार गरी एस्ओएस् बालग्राम इटहरी पठाएका हुन् ।

Advertisement

विराटनगरको महेन्द्र चौक बस्दै आएकी असक्त महिला पानावती महतोले विभिन्न ठाउँमा मागेर बच्चालाई हुर्काइरहेकी थिईन् । मुखियाले शिशुलाई सडकमा आफुसँगै राखेर माग्न प्रयोग गर्दै आएकी थिइन् ।

बालकको पालन पोषण, शिक्षा लगायतका सम्पूर्ण जिम्मेवारी सरकारले लिने विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बताए ।
सिविन हेल्पलाइनका प्रमुख वासु अधिकारीले माग्न सडकमा बस्दा बच्चाको स्वास्थ्य खतरामा पर्ने र शिक्षामा समस्या आउने भएकोले उद्धार गरिएको बताए ।

Advertisement

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top