१ सय १६ तुइन विस्थापित,बाँकी यसै आर्थिक वर्षमा विस्थापन गरिने

१४ चैत ७५, शुक्रबार

काठमाडौँ,चैत १५

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ११६ वटा तुइन विस्थापन गरिएको जनाएको छ । सरकारको सार्वजनिक तुइनलाई विस्थापन गर्ने अभियान अन्तर्गत सम्भाव्य देखिएका १३० मध्ये ११६ वटा तुइन विस्थापित गरिएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए ।

उनले विस्थापन हुन बाँकी १४ वटा तुइनलाई यसै आर्थिक वर्षमा विस्थापन गरिने बताए । प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्रीमा नियुक्त हुँदा जोखिमपूर्ण तुइन विस्थापित गर्ने निर्णय गरेका थिए ।

सोही निर्णय कार्यान्वयन गर्नका लागि सरकारले तुइन विस्तापित गरी झोलुङ्गे पुल निर्माण गरिरहेको छ । मन्त्रालयले ४१७ झोलुङ्गे पुल निर्माण गरेको छ । प्रवक्ता अधिकारीका अनुसार मन्त्रालयले गरेको महत्वपूर्ण काममा कर्मचारी समायोजन र विभिन्न ऐन कानून निर्माणदेखि अन्य भौतिक पूर्वाधारका काम रहेका छन् ।

मन्त्रालयले सडक पूर्वाधारतर्फ ५८९ किलोमिटर ग्रामीण सडक स्तरोन्नति, ४९७ कि।मी नयाँ सडक निर्माण, २२१ किमि सडक कालोपत्रे, सात हजार ५०० सडक नियमित मर्मत, ३७८ किमि ग्रामीण सडक अद्यावधिक मर्मत गरेको छ ।

यस्तै, मन्त्रालयले साना सिँचाइ योजना निर्माणतर्फ कूल ४१० वटा योजना, ३०९ खानेपानी योजना र ८७ मोटरबल पुलःनिर्माण सम्पन्न गरेको छ । मन्त्रालयले ग्रामीण सडक सञ्जाल सुधार आयोजनाका कूल ११ वटा परियोजनामध्ये १० वटाको सम्झौता गरेको छ ।

यसैगरी मन्त्रालयले एक वर्षमा १६४ निर्वाचन क्षेत्रमा स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रम अन्तर्गत सामाजिक आर्थिक विकास सम्बन्धी आयोजना स्वीकृत गरी निर्माणकार्य भइरहेको जानकारी सहसचिव समेत रहेका अधिकारीले जानकारी दिए ।

यस्तै तराई–मधेशका २७६ वटा स्थानीय तहमा सञ्चालिन तराईमधेश समृद्धि कार्यक्रम अन्तर्गत सामाजिक आर्थिक विकास सम्बन्धी चारसय आयोजना छनोट गरी कार्यन्वयन भइरहेको छ ।

मन्त्रालयले निर्वाचन क्षेत्र साझेदारी विकास कार्यक्रम अन्तर्गत १६५ निर्वाचन क्षेत्रको लागि पेश भएका करीब तीन हजार तीन सय योजना सम्बन्धित स्थानीय तहमा कार्यन्वयनका लागि पठाइएको मन्त्रालयका प्रवक्ता अधिकारीले जानकारी गराए ।

यस्तै सार्वजनिक सेवा प्रवाह, विकास व्यवस्थापन, सार्वजनिक खरीद प्रणालीलाई व्यवस्थित बनाउँदै विगतको आर्थिक बेरुजु फर्छौट घटाइएको उनले बताए । मन्त्रालयले बेरुजु रकम २३.१ प्रतिशतले कमी ल्याएको छ ।

आर्थिक वर्ष २०७५/७६ मा रहेको रु १९ अर्ब ६२ करोड ९७ लाख ९६ हजार बेरुजुलाई यह फागुन १५ गतेसम्म ४ अर्व ५३ करोड ४४ लाख ८२ हजार फर्छौट भई साविकको बेरुजुमा २३.१ प्रतिशतले कम हुन आएको उनले जानकारी गराए ।

यस्तै मन्त्रालयले एक वर्षमा ७५३ वटै स्थानीय तहको वेवसाइट निर्माण गरेको छ भने कार्यालय प्रयोजनका लागि कर्मचारीको समेत सरकारी ई–मेल खोलिदिएको छ ।

कानूनतर्फ

मन्त्रालयले एक वर्षमा कर्मचारी समायोजन ऐन २०७५, मौलिक हक कार्यन्वय गर्नका लागि सामाजिक सुरक्षा ऐन २०७५ र सङ्घीय निजामती सेवा ऐनको सैद्धान्तिक स्वीकृति भई तर्जुमाको चरणमा रहेको प्रवक्ता अधिकारीले जानकारी गराए ।

यस्तै सङ्घीय कानून तर्फ चारवटा कानून संशोधन गरेको छ भने स्थानीय तहका लागि २७ वटा नमूना कानून निर्माण गरेको छ ।

रासस

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top