वाइडबडी १ अर्ब ६६ करोड घाटामा, गन्तव्य नै पाएन

काठमाडौं : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको वाइडबडी उडानमा एक अर्ब ६६ करोड रुपैयाँ घाटा भएको छ ।

Advertisement

वाइडबडीले पूर्ण क्षमतामा उडान नपाएको, लामो दुरीको उडान गर्न जहाज भित्रिएको १० महिनासम्म पनि न्यारोबडीकै गन्तव्यमा उडान गरिरहेको, दैनिक उडान १६ घण्टाभन्दा बढी हुनुपर्नेमा नौ घण्टा मात्रै भएकोलगायत कारण घाटामा गएको निगमले जानकारी दिएको छ ।

वाइडबडीले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा दुई अर्ब ३९ करोड रुपैयाँ कमाएको छ । यस्तो आम्दानीमा यसको उडान खर्च नै दुई अर्ब १२ करोड छ ।

Advertisement

अन्य खर्च पनि अत्याधिक हुन्छ । निगमले गरेको आम्दानी र खर्चको तुलनामा साउनदेखि पुससम्म एक अर्ब ६६ करोड रुपैयाँ घाटामा गएको निगमका सहप्रवक्ता नवराज कोइरालाले बताए । उनले भने, ‘यो मासिक औसतमा २७ करोड रुपैयाँभन्दा बढी हो ।’ याे खबर आजकाे अन्नपूर्ण पाेस्टमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top